बसमा विस्फोट , १५ जनाको मृत्यु

२०७२ चैत्र ३ गते, बुधबार

काठमाडौं, ३ चैत । पाकिस्तानमा आज सरकारी कर्मचारी सवार एउटा बसमा विस्फोट भएको छ । पेशावरमा भएकमो सो विस्फोटमा कम्तीमा पनि १५ जनाको मृत्यु भएको बताइएको छ । सरकारी अधिकारीहरुका अनुसार विस्फोटबाट अन्य २५ जना घाइते भएका छन् । घाइतेहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । अधिकारीहरुका अनुसार बस मै विस्फोटक पदार्थ राखिएको थियो । ‘बसमै रहेको विस्फोटक पदार्थ विस्फोट भएको हो,’ एक अधिकारीले भने । यद्यपी सो विस्फोटमा कसको संलग्नता थियो भन्ने प्रष्ट भइसकेको छैन । सो हमलाको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन ।
पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले सो घटनाको निन्दा गरेका छन् । उनले यस्ता हमलाले आतंकवादविरुद्ध पाकिस्तानको कारवाहीलाई कुनै असर नगर्ने प्रष्ट पारेका छन् । उनले मृतकका परिवारजनप्रति समवेदनासमेत प्रकट गरेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु