लोडसेडिङ नघट्ने

२०७२ फाल्गुन ९ गते, आईतवार

काठमाडौं, ९ फागुन । नेपाल विद्युत प्राधिकरणले भारतबाट थप ८० मेगावाट बिजुली आयात भएपनि तत्काल लोडसेडिङ नघट्ने जनाएको छ । मुज्जफरपुर–ढल्केबर प्रसारण लाइनबाट ८० मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि तत्काल लोडसेडिङ घटाउन नसकेपनि नबढ्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार अहिले तालिका भन्दा एक घण्टा लोडसेडिङ बढेकाले अब त्यो एक घण्टा भने घट्नेछ ।
कुलेखानीमा पानीको सतह बढे अर्को महिनादेखि भने लोडसेडिङ एक दुई घण्टा घटाउन सकिने प्राधिकरणको भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार यसअघि कुलेखानीमा पानी जम्मा पारी चैतदेखि मात्रै उत्पादन बढाउने गरेकोमा यस वर्ष माघ महिनामै उत्पादन बढाइएको थियो । जसले गर्दा कुलेखानीमा पानीको सतह पोहोरको भन्दा अहिले ९ मिटर तल पुगेको छ । राष्ट्रिय प्रसारण लाइनमा भारतबाट ८० मेगावाटसम्म बिजुली जोडिएकाले अब कुलेखानीबाट आयात रोक्ने प्राधिकरणको तयारी छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार