टर्कीमाथि नाकाबन्दी सुरु

२०७२ मंसिर १३ गते, आईतवार

काठमाण्डौ ,१३ मंसिर । रुसले टर्कीमाथि नाकाबन्दी सुरु गरेको छ । रुसी विमान खसालेको घटनाबाट चिसिएको टर्की र रुसबीचको सम्बन्ध झन् बिग्रिएको थियो । टर्कीबाट आयातमा रोक लगाउनुका साथै रुसमा रहेका टर्कीको कम्पनीमाथि प्रतिबन्ध लगाइएको छ । रुसमा कार्यरत टर्कीसलाई कामबाट निकालिने घोषणा रुसले गरेको छ ।
रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले नाकाबन्दीको घोषणा गरेका हुन् । साथै दुई देशबीच हुँदै आएको चार्टर उडान पनि नहुने भएको छ । रुसमा टर्कीका ९० हजार नागरिक कुनै न कुनै ब्यबसायमा आवद्ध छन् भने तीनका परिवारको संख्या दुई लाख रहेको बीबीसीले बताएको छ । यसैबीच टर्कीका राष्ट्रपति तायीप एर्दोगानले रुसले लगाएको नाकाबन्दी अमानवीय भन्दै दुःख ब्यक्त गरेका छन ।

प्रतिक्रियाहरु