प्रधानमन्त्री र चिनिया राजदूतबीच छलफल हुदै

२०७२ कार्तिक ३ गते, मंगलवार

काठमाडौ, ३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनिया राजदुत वु चुन्ताईबीच आज भेटवार्ता हुने भएको छ । आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटमार हुने भेटमा नेपालको इन्धन संकटका विषयमा चीनले गर्न सक्ने सहयोगका विषयमा कुराकानी हुनेछ । इन्धन संकट हल गर्न आवश्यक पेट्रोलियम पदार्थ उपलब्ध गराइदिन चीनसमक्ष औपचारिक रूपमा नेपाल सरकारले अनुरोध गरिसकेको छ ।
त्यसै विषयमा दिउँसोको भेटमा थप छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भारतको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ मुलुक भित्रिन नसकेपछि सरकारले विकल्पका रूपमा उत्तरी छिमेकी चीनलाई सडकमार्गबाट पेट्रोलियम पदार्थ उपलब्ध गराइदिन अनुरोध गरेको हो । परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित चिनिया दूतावासलाई तत्कालका लागि इन्धन उपलब्ध गराइदिन लिखित आग्रह गरेको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु