एप्पललाई २३ करोड ४० लाख डलर जरिबाना

२०७२ कार्तिक १ गते, आईतवार

काठमाडौं, १ कात्तिक । अमेरिकाको एक अदालतले एप्पललाई पेटेन्ट अधिकार उल्लंघन गरेको आरोपमा विस्कोन्सिन विश्वविद्यालयलाई २३ करोड ४० लाख अमेरिकी डलर जरिबान तिर्न आदेश दिएको छ । अमेरिकाको विस्कोन्सिन मडिसन विश्वविद्यालयको विस्कोन्सिन अल्मुनाइ अुनसन्धान फाउन्डेशनलाई एप्पलले पेटेन्ट अधिकार उल्लंघन गरेकोमा जरिबाना तिर्नु पर्ने भएको हो । एप्पलले केही आइफोन र आइप्याडमा अनुमति बिना नै पेटेन्ट दर्ता गरिएका माइक्रोचिप प्रविधिको प्रयोग गरेको विस्कोन्सिन अल्मुनाइ अनुसन्धान फाउन्डेशनले जनाएको छ । अदालतको फैसलाले आफूहरुको आविष्कारको सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने अनुसन्धान फाउन्डेशनले जनाएको छ । एप्पलले भने अदालको फैसला विरुद्ध पुनरावेदन गर्ने जनाएको छ । अदालतले विस्कोन्सिन अल्मुनाइ अनुसन्धान फाउन्डेशनको माइक्रोचिप प्रविधि अनुमति बिना नै प्रयोग गरेको भन्दै जरिबाना तिर्न फैसला सुनाएको हो । अनुसन्धान फाउन्डेशनले ८६ करोड २० लाख अमेरिकी डलरको दाबी गरेपछि अदालतले एप्पललाई २३ करोड ४० लाख अमेरिकी डलर जरिबान तिर्न आदेश दिएको हो । एप्पलले आइफोन फाइप एस, सिक्स र सिक्स प्लसमा माइक्रोचिप प्रविधि प्रयोग गरेको छ । विश्वविद्यालयको अनुसन्धान फाउन्डेशनले भने एप्पलले आइफोन सिक्स एस र सिक्स एस प्लसमा पनि आफूहरुकै प्रविधि प्रयोग गरेको दाबी गरेको छ – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु