गोदावरीमा १२ वर्षे मेला सुरु

२०७२ भाद्र १ गते, मंगलवार

काठमाडौं, १ भदौं । ललितपुरको गोदावरीको १२ वर्षे सिहंस्थ मेला सुरु भएको छ । सूर्य र बृहस्पति सिहं राशीमा प्रवेश गर्ने समयमा १२ वर्षे मेला लाग्ने गर्दछ । मेला एक महिनासम्म चल्नेछ । मेलाका लागि मेलास्थल तथा त्यहाँ पुुग्ने बाटो बनाउने काम भएकोे मेला आयोजक समितिले जनाएको छ । एक महिनासम्म लाग्ने मेलाका लागि ११ वटा समिति बनाइएको छ । आयोजकका अनुसार मेलामा धार्मिक अनुष्ठानसँगै रमाइलो मेला पनि राखिनेछ ।
यसपालीको मेला झण्डै ४५ लाख जनाले अवलोकन गर्ने आयोजकको अनुमान छ । यसअघि २०६० सालमा लागेको मेला २२ लाख जनाले अवलोकन गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार