धनगढी डुबानमा

२०७२ श्रावण १७ गते, आईतवार

काठमाडौ, १७ साउन । गएराती देखी परेको अविरल बर्षाले धनगढी नगर क्षेत्र डुवानमा परेको छ । केही परिवार बिस्थापित भएका छन । धनगढी नगरपालिकाको चटकपुर, बिशालनगर, ओमशान्ति टोल, सन्तोसी टोल क्याम्पस रोड, हिव नगर, हसनपुर र बजार लगायत क्षेत्र डुवानमा परेको छ । नगरपालिकाले ढल निकास प्रवन्ध नगरेकोले धनगढी डुवान परेको हो ।
घरभित्रै पानी पसेपछि बिशाल नगरका एक सय भन्दा बढी घर परिवार बिस्थापित भएका छन । बिस्थापित परिवारलाई प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ । कलकारखाना, उद्योग, र बजार पूर्ण रुपमा खुल्न नसकेको हाम्रा सहकर्मी मोहन बुढाऐरले जनाएका छन् ।
त्यसैगरि कैलालीको मोहना र कर्णाली नदीमा पानीको सतह बढ्दै गएको छ । ती नदीका तटीय क्षेत्रका बासिन्दा डुवानमा पर्ने त्राशमा छन् । कर्णाली र मोहना तटिय क्षेत्रमा जिल्लाका दुई दर्जन भन्दा बढी गाविस पर्छन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार