मृत घोषित व्यक्ति उठेपछि..

२०७२ जेष्ठ १६ गते, शनिबार

काठमाडौं, १६ जेठ । गुजरातको महेसाणा जिल्ला जिल्लास्थित बोकरवाडा गाउँमा जब शोकमा डुबेको माहोल एकाएक खुसीमा बदलियो तब ७७ वर्षीय वृद्ध मृत्यु शैय्याबाट उठे । ११ घन्टाअघि चिकित्सकहरुले ती वृद्धलार्इ मृत घोषित गरेका थिए । मंगलबार साँझ मृत घोषित गरेपछि बुधबार बिहान अन्तिम संस्कारको तयारी गर्दैगर्दा मृत शरीरमा ज्यान फर्केर आयो ।बीसनगर तहसिलको बोकरवाडा गाउँमा बस्दै आएका ७७ वर्षीय गणेशभाइ पटेलको स्वास्थ्य अवस्था मंगलबार अचानक बिग्रेको थियो ।मंगलबार साँझ करिब साढे ६ बजे चिकित्सकहरुले उनलार्इ मृत घोषित गरिदिए । उनको निधनको समाचार पाएपछि गाउँका मानिस र उनका नातागोता घरमा जम्मा भए । बुधबार बिहानै उनको अन्तिम संस्कारको तयारी भइरहेको थियो ।
यसैबीच बिहान करिब ५ बजेर ३० मिनेटको समयमा गणेशभाइको शरीर एकाएक हलचल गर्न थाल्यो । शरीर हलचल गरेसँगै उनी आँखा खोल्दै आफैं उठेर बसे । उनको गतिविधि देखेर उनलार्इ रुँघ्न बसेका उनका परिवारजन अवाक हुन पुगे ।मृत घोषित गरिएको ११ घन्टापछि गणेशभाइ पुन:जीवित भएको खबर आगोजस्तै गाउँभरी फैलियो। मरेर पनि बाँचेका उनलार्इ हेर्न गुजरातका अन्य जिल्लाबाट पनि मानिसको भींड लाग्न थालेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु