गोदावरी मार्बलको अनुमतिपत्र खारेज

२०७२ बैशाख ३ गते, बिहीबार

काठमाडौ, ३ बैशाख । सर्वोच्च अदालतले गोदावरी मार्बलको अनुमतिपत्र खारेज गरेको छ । २०५८ सालमा दायर भएको मुद्दामा बिहीबार अन्तिम सुनुवाई गर्दै सर्वोच्च अदालतले ललितपुरमा सञ्चालित गोदावरी मार्बलको अनुमतिपत्र खारेज गरेको हो ।
२०५८ सालदेखि सञ्चालनमा आएको यो मार्बल फ्याक्ट्रीले स्थानीय वातावरणमा नकारात्मक प्रभाव पार्नुका साथै दैनिक जीविकोपार्जनमा समेत असर गरेको दाबी सहित २०५८ सालमै रिट दायर भएको थियो । फ्याक्ट्रीले २०७८ सालसम्मको लागि अनुमति पाएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु