हिलारी क्लिन्टनद्वारा राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा

२०७१ चैत्र ३० गते, सोमबार

काठमाडौं, ३० चैत । अमेरिकाका पूर्व विदेश मन्त्री हिलारी क्लिन्टनले सन् २०१६ मा हुने राष्ट्रपति पदको चुनावका लागि डेमोक्रेटिक पार्टीमा उम्मेदवारी घोषणा गरेकी छिन । आफ्नो अभियानको वेभसाइट सुरु गर्दै हिलारीले आफू अमेरिकी जनताको च्याम्पियन बन्न चाहेको बताइन । हिलारी सन् २००८ मा पनि पार्टीभित्र राष्ट्रपति पदका लागि उम्मेदवारी दिएकी थिइन । तर उनी वर्तमान राष्ट्रपति बराक ओबामासँग पराजित भएकी थिइन । हिलारीका पति बिल क्लिन्टन ४२ औं राष्ट्रपति भएका थिए । यदि हिलारीले राष्ट्रपति चुनाव जितेमा उनी अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्नेछिन् ।- एजेन्सी

प्रतिक्रियाहरु