सावधान ! स्मार्टफोनले बहिरो बनाउँला

२०७१ चैत्र २९ गते, आईतवार

काठमाडौँ । चर्को आवाजले कानमा ध्वनि सुन्न नसकिने कमजोर बनाउँछ । तर, स्मार्टफोनले त मान्छेलाई बहिरो बनाउने शोधकर्ताहरुले पत्ता लगाएका छन् । स्मार्टफोनबाट चर्को आवाजमा संगीत सुन्दा कानमा सुन्ने क्षमताको कमी हुने र बहिरो समेत हुन सक्ने कुरा पत्ता लागेको हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्वजनिक गरेको रिपोर्टमा विश्वमा करिब एक अरब मान्छे बहिरोको जोखिममा छन् । संसारमा अधिकांश मान्छेहरु स्मार्टफोनमा संगीत सुन्ने भएकाले चर्को स्वरले कानको जालीमा असर गर्ने र सुन्ने क्षमता घटाएर बहिरो बनाउने रिपोर्टमा उल्लेख छ । रिपोर्टमा भनिएको छ– ‘स्मार्टफोन र एमपी थ्री प्लेयर सँगै अहिले बजारमा आएको इयरफोनमा बाहिर नसुनिने भएकाले प्रयोगकर्ताहरु सहरको गल्ली गल्तीमा ठुलो स्वरमा स्माटफोन वा एमपी थ्री बजाउने गर्छन् । तर यो कानका लागि निक्कै हानिकारक हो । कानले सुन्ने सामान्य अवाज ६० डेसिबल हुन्छ । ८५ डेसिबलभन्दा बढी आवाज आठ घण्टापछि र १०० डेसिबलभन्दा बढी आवाज १५ मिनटमा कानको श्रवण क्षमतामा नकारात्मक प्रभाव ल्याउँछ । यो समस्याबाट मुक्त हुन ध्वनि अवरोधित गर्ने इयरफोन प्रयोग गर्नुपर्ने रिपोर्टको सुझाव छ । जसले ध्वनीलाई अधिकतम निन्त्रण गर्छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु