जुजुभाइ सातौंपटक जिब्रो छेड्दै

२०७१ चैत्र १७ गते, मंगलवार

काठमाडौं, १७ चैत । भक्तपुरको बोडेमा मनाइने जिब्रो छेड्ने जात्रामा यस वर्ष पनि जुजुभाइले नै जिब्रो छेड्ने भएका छन् । ३६बर्षीय जुजुभाइ बाँस श्रेष्ठले यसअघि छपटक जिब्रो छेडिसकेका छन् । जुजुभाइले जात्रा संकटमा पर्न लागेको उल्लेख गर्दै यसको संरक्षण गर्न आफैं जिब्रो छेड्न तयार भएको बताए । जात्रालाई प्राविधिक सहयोग पुर्‍याउँदै आएको बोडे स्पोटर््स क्लबका अध्यक्ष दिलकृष्ण प्रजापतिले जात्रा संकटमा पर्न नदिन बोडेका सबैले सहयोग गर्नुपर्ने बताए । जात्रा सञ्चालनका लागि ८० हजार रुपैयाँभन्दा बढी खर्च हुने भएकाले थिमी नगरपालिका र जिविसको थोरै सहयोगले मात्र नपुग्ने भएकाले सरकारले रातो किताबमै उल्लेख गरेर नियमित बजेटको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । जात्रा जोगाउन जिब्रो छेड्न अरू व्यक्ति तयार हुनुपर्ने र यसका लागि आर्थिक अभाव हुन नहुने स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार