विश्वकै अग्लो भवनमा आगलागि

२०७१ फाल्गुन ९ गते, शनिबार

काठमाडौं । दुबईस्थित संसारको सबैभन्दा अग्लो भवनमा आगो लागेको छ।तिब्र हावाका कारण मरिना जिल्लास्थित १,१०५ फुट अग्लो गगनचुम्बी भवनमा आगो तिब्रताका साथ फैलिएको छ।एक प्रत्यक्षदर्शीले बीबीसीलाई बताएअनुसार आगोले चारैतिर घरेको थियो । भवन ढल्नसमेत थालेको बताइएको छ। आगो लाग्नुको कारण स्पष्ट भइसकेको छैन । भवनमा रहेका सयौ नागरिकलाई सुरक्षित रुपमा बाहिर निकालिएको छ। अहिलेसम्म मानवीय क्षतिको खबर छैन ।
घटनास्थलमा ठुलो संख्यामा दमकल र एम्बुलेन्स परिचालन गरिएको छ। सामाजिक संजालमा पोष्ट गरिएका तस्वीरहरुमा पग्लँदै गरेको शिशा र भत्कँदै गरेको भवन देखिएको छ ।
भवन ७९ तला अग्लो ३३६.१ मिटर उचाइको छ । संसारको सबैभन्दा अग्लो भवनका रुपमा यो परिचित छ। भवनमा रहेका एक परिवारका अनुसार आगो ५०औं तलाबाट सुरु भएको हो । एजेन्सी

प्रतिक्रियाहरु