सबैभन्दा महंगो मोटरसाइकल

२०७१ फाल्गुन ८ गते, शुक्रबार

काठमाडौं–स्वीजरल्याण्डको एक मोटरबाइक उप्पादक कम्पनीले हालसम्मकै सबैभन्दा महंगो मोटरसाइकल निर्माण गरेको छ । ‘फेलोइन मोटरसाइकल्स’ नामक कम्पनीले ‘फेलाइन वान’ नामको मोटरसाइकल निर्माण गरेको हो । यो मोटरसाइकल अहिलेसम्मकै महंगो मानिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो मोटरसाइकल बनाउन चार वर्ष लागेकोे हो । उक्त मोटरसाइकलमा कार्बन, टाइटेनियम, आल्मुनियम तथा उच्चगुणस्तरीय सामान प्रयोग गरिएको छ । मोटरसाइकल डिजाइनरका अनुसार ‘फेलाइन वान मोटरसाइकल’ मा आठ सय सिसी पावर इन्जिन जडान गरिएको छ । उक्त मोटरसाइकलमा स्पिड गियर ६ रहेको र १ सय ७० बिएचपीको आउटपुटयुक्त पावर जडान गरिएको छ । मोटरसाइलको सुरुवाती मूल्य २ लाख ८० हजार डलर अर्थात दुई करोड ७७ लाख रुपैयाँ रहेको छ ।
सुरुमा कम्पनीले ५० वटा मात्रै मोटरसाइकल बनाउने भएको छ । आठ सय सिसीको मोटरसाइकल १ सय ५५ किलोग्राम रहेको छ भने तुलनात्मक रुपमा निकै हलुका रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु