अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन बैसाख १३देखि

२०७१ फाल्गुन ४ गते, सोमबार

काठमाडौँ । नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको काठमाडौँमा केन्द्रीय समितिको पूर्ण बैँठक सम्पन्न भएको छ । सङ्गठनका सविच दिपेन्द्र चलाउनेले दिएको जानकारी अनुसार बैँठकले सङ्गठनको राष्ट्रिय सम्मेलन अगामी बैसाख १३, १४ र १५ गते गर्ने निर्णय गरेको छ । यो उसको २० औँ राष्ट्रिय सम्मेलन हो । बैँठकले पार्टी विभाजनपछि रिक्त रहेको महसचिव पदमा खगेश्वर केसीलाई निर्वाचित गरेको सचिव चलाउने जानकारी दिएँ । पार्टी विभाजन हुँदा तत्कालिन महासचिव रन्त ढकाल नेकपा–माओवादीमै रहेका थिएँ । पार्टीको विभाजनपछि पहिलो पटक बसेको बैँठकले वेदिशी नाम राखिएका विद्यालय र कलेजले नाम परिवर्तन गर्ने सरकारसँग गरेको सहमति कार्यन्वयन नभएका भन्दै चरणबद्ध दबाबमूलक कार्यक्रम गर्ने निर्णय पनि गरेको छ । ‘सरकार र सङ्गठनसँग विदेशी नाम परिवर्तन र शूल्क सम्बन्धि गरेका सहमति कार्यन्वयन नगरेकोप्रति बैँठकमा छलफल भयो,’ सचिव चलाउनेले अगाडि भने, ‘पहिलो चरणमा दबाबमूलक कार्यक्रम गछौँ, त्यसपछि पनि कार्यन्वयन नभए सशक्त आन्दोलन गर्ने बैँठकले निर्णय गरेको छ ।’
केन्द्रीय सदस्य छवि थापाका अनुसार शिक्षा क्षेत्रमा देखिएको विकृति र विसंगति विरुद्ध कडा भएर प्रस्तुत हुने बैँठकले निर्णय गरेको छ । पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को उपस्थितिमा सम्पन्न बैँठक माघ २९ बाट सुरु भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु