एमाओवादी मोर्चा छलफलमा जुट्दै

२०७१ पुष ३० गते, बुधबार

काठमाडौ। एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चा बहुमतीय प्रक्रियामा जाने कांगे्स एमालेको निष्कर्ष अमान्य हुने भन्दै अब कसरी अघि बढ्ने भन्ने बारेमा छलफल गर्न बैठक बस्न लागेको छ । मोर्चाको बैठक बिहान ९ बजे माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।
अन्तिम पटकका लागिभन्दै संविधानसभाले दिएको दुई दिने भाकामा पनि संवाद समितिले कुनै सहमति जुटाउन नसकेपछि संविधान निर्माण प्रक्रिया कसरी अघि बढ्छ भन्ने बारेमा टुङ्गो लाग्न सकेको छैन । संविधान जारी गर्न तोकिएको माघ ८ आउन अब ८ दिन बाँकी छ ।
यसैबीच सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति डा रामवरण यादवसँग भेट गर्दै हुनुहुन्छ । बिहान ९ बजेपछि हुने भेटमा संविधान निर्माणको काममा भइरहेको प्रगतिबारे जानकारी गराउनु हुने बताइएको छ । संविधानसभा सचिवालयले यो नियमित भेट भएको बताएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु