न्यायाधीशहरुको दोस्रो राष्ट्रिय सम्मेलन सुरु हुदै

२०७१ मंसिर १ गते, सोमबार

काठमाडौ, १ मंसिर। आज दिउँसो २ बजेदेखि देशभरका न्यायाधीशहरुको राष्ट्रिय सम्मेलन राजधानीमा शुरु हुँदैछ । प्रज्ञा भवनमा हुने सम्मेलनको उद्घाटन राष्ट्रपति डा. रामवरण यादवले गर्नुहुनेछ । सम्मेलनमा प्रधानमन्त्री, संविधानसभाका अध्यक्षलगायत सहभागी हुने भएका छन् । ३ दिनसम्म चल्ने सम्मेलमा भोलि र पर्सी विभिन्न विषयमा छलफल हुनेछ ।
भावी संविधानमा न्यायपालिकाको स्थान र संरचना, न्यायपालिका भित्रको आन्तरिक सुधारलगायतका विषयमा छलफल हुने भएको छ ।
सम्मेलनमा सर्वोच्च, पुनरावेदन र जिल्ला गरी तीनै तहका न्यायाधिश गरी ३ सय २० जना न्यायाधिसहरु सहभागी हुने आयोजक सर्वोच्च अदालतका सहप्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो । पहिलो सम्मेलन २०६५ सालमा भएको थियो ।

प्रतिक्रियाहरु