नेपाली नागरिक मोर्चाको घोषणा

२०७१ कार्तिक २८ गते, शुक्रबार

काठमाडौं। नेपाल राष्ट्र र नेपाली नागरिकको पक्षमा सन्तोषजनक कार्य हुन नसकेको तथा नागरिकको समस्यालाई सम्बोधन गर्न नागरिकहरुको साझा मंच बन्न नसकेको भन्दै विभिन्न तीन राजनीतिक पार्टीहरुले नेपाली नागरिक मोर्चाको निर्माण गरेको घोषणा गरेका छन् । नेपाली नागरिक मोर्चाका संयोजक युवराज सफलको हस्ताक्षारमा जारी गरिएको विज्ञप्तीमा नेपाली नागरिक मोर्चाको गठन र कार्यक्रम बारे समेत उल्लेख गरिएको छ ः मोर्चाद्वारा जारी गरिएको प्रेस विज्ञप्तीको पूर्ण पाठ यस प्रकार छ ः आम नागरिक भ्रष्टाचार ,बेरोजगार ,महंगी ,गरिवी लगायतका विविध समस्याले आक्रान्त भएका छन् । देशको राष्ट्रियता कमजोर भएको छ ,राष्ट्रिय एकता र अखण्डतामाथि चुनौति थपिएको छ , जातीय तथा धार्मिक सद्भाव विथोलिएको छ । नागरिकको पक्षमा कार्य गर्ने र आम नागरिकको समस्यालाई सुनिदिने र तिनको समाधान गरिदिने निकायको अभाव भएको छ । अस्थिर राजनीति ,भद्रगोल ,अस्थिरता ,अव्यवस्था र अनिर्णयको वन्दी लगायतका कारणले देश र नागरिक विलखबन्दमा परेका छन् ।
अत राष्ट्र र नागरिकको पक्षमा कार्य गर्न अब सम्पूर्ण राजनीतिक पार्टीहरुले दलगत स्वार्थलाई त्यागेर राष्ट्र र नागरिक स्वार्थलाई आत्मसाथ गर्दै अगाडि बढ्ने कुरालाई हामीले आफ्नो दायित्व सम्झेका छौँ । नेपाल र नेपालीको वाद नेपालवाद र नागरिकको वाद नागरिक वादलाई वकालत गर्दै अगाडि बढ्न राष्ट्रिय पुनर्जागरण पार्टी ,नेपाल गणतान्त्रिक जनता पार्टी र हाम्रो नेपाल पार्टी तत्कालीन ,अल्पकालिन र दीर्घकालीन समस्याको वैज्ञानिक तवरले समाधान गर्न नेपाली नागरिक मोर्चााको गठन गर्ने निर्णयमा पुगेका छौँ ।
यसका लागि हामी तीन पार्टी प्रमूख तथा प्रतिनिधिहरुको संयू्क्त बसेको वैठकले निम्न प्रस्तावहरुमाथि छलफल गर्दै निम्न निर्णयहरु पारित गरिएको व्यहोरा यसै प्रेस विज्ञप्तीमार्फत सार्वजनिक गर्न चाहन्छौँ ।
१. मोर्चाका नामाकरण तथा कार्य समिति गठन गर्ने वारे ः
राष्ट्र र नागरिकको पक्षमा कार्य गर्न भनी स्थापना गरिएको यस मोर्चाको नाम नेपाली नागरिक मोर्चा चयन गर्ने निर्णय गरियो र मोर्चाको कार्य समिति निम्नानुसार गरियो ः
क. संरक्षक ः डि.वि. थापा ख. संयोजक ः युवराज सफल ग. प्रवक्ता ः कुमार प्रसाद हुमागाई घ. सदस्य ः भैरव बहादुर कार्की श्याम ङ. सदस्य ः भुपेन्द्र बानियाँ
२. मोर्चाका कार्यक्रम तय गर्ने वारे ः राष्ट्रिय एकता ,भ्रष्टाचार ,बेरोजगार ,महंगी ,गरिवी र नागरिकका अन्य जल्दावल्दा समस्यालाई सम्बोधन गर्दै विभिन्न नागरिक पक्षीय कार्यक्रम संचालन गर्ने निर्णय पारित गरियो ।
३. मोर्चामा आवद्व हुन आव्हान गर्ने वारे ः
राष्ट्र र नागरिकको पक्षमा कार्य गर्ने एकमात्र उद्वेश्य लिएको नेपाली नागरिक मोर्चामा आवद्व हुन सम्पूर्ण राजनीतिक पार्टी ,नागरिक समुदाय लगायत सम्पूर्ण महानुभावलाई अपिल गर्दछौँ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु