नगरपालिका थप्ने तयारी

२०७१ आश्विन २१ गते, मंगलवार


काठमाडौं, २१ असोज । नगरक्षेत्र निर्धारण सिफारिस समितिको सिफारिस बमोजिम सरकारले पुनः ६६ वटा नगरपालिका र सातवटा उपमहानगरपालिका घोषणा गर्ने अन्तिम तयारी गरेको छ ।नगरक्षेत्र निर्धारण सिफारिस समितिले गत साउनमा नै देशभरका ६६ नगरपालिका र सातवटा उपमहानगरपालिकाका लागि सिफारिस गरी सरकारलाई प्रतिवेदन बुझाइसकेको छ। यसअघि सरकारले गत वैशाखमा ७२ वटा नगरपालिका घोषणा गरी नगरपालिकाको संख्या १३० पुर्‍याएको थियो । सिफारिस गरिएका सबै नगरपालिका कार्यान्वयनमा आए अब नगरपालिकाको संख्या १९६ पुग्ने नगरक्षेत्र निर्धारण सिफारीस समितिले जनाएको छ ।
संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार नेपालगन्ज, बुटवल, भरतपुर, हेटौँडा, जनकपुर, इटहरी र धरान गरी सातवटा उपमहानगरपालिकाका लागि सिफारिस गरिएको छ । यस्तै देशभरबाट ६६ वटा नगरपालिका घोषणाका लागि सिफारिस गरिएको छ ।

प्रतिक्रियाहरु