आज कर्णाली,सेती, महाकाली र थारुवान बन्द

२०७१ आश्विन ७ गते, मंगलवार


काठमाडौं , ७ असोज । नेकपा–माअ‍ोवादीले आह्वान गरेको कर्णाली,सेती, महाकाली र थारुवान बन्दले जनजीवन प्रभावित भएको छ । सरकारले भारतसँग गरेको उर्जा व्यापार सम्झौता पिटिए र उर्जा विकास सम्झौता पिडिएको विरोधमा नेकपा–माओवादीले आज सुदूर र मध्यपश्चिममा यातायात बन्दको घोषणा गरेको छ ।भारतसँग भएका पिटिए र पिडिए खारेजीको माग गर्दै माओवादीले आज एक दिनका लागि महाकाली, सेती, कर्णाली र दाङसम्मका जिल्लामा यातायात बन्दको घोषणा गरेको हो ।जलस्रोतमाथि नेपाली अधिकारलाई कुण्ठित गरेर भारतीय कम्पनीहरुको एकाधिकार कायम गर्ने गरी सरकारले गरेको सम्झौता खारेजको माग गर्दै विरोधको स्वरुप यातायात बन्दको घोषणा गरिएको नेकपा ममाओवादीले जनाएको छ ।
बन्दका कारण सुर्खेतबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारी साधनहरु ठप्प रहेका छन् भने बजार पनी पुर्ण रुपमा बन्द भएको छ । माथिल्लो कर्णाली जलविद्युत आयोजनाको भारतीय जिएमआर कम्पनीसँग सरकारले गरेको परियोजना विकास सम्झौता (पीडीए) को बिरोधमा उत्रेको नेकपा माओबादीले पश्चिम कमाण्डका भेरी कर्णाली,सेती महाकाली र थारुवान राज्य अन्तर्गतका जिल्ला बन्दको आब्हान गरेको थियो ।गत ३ गते नेपाल सरकार र भारतीय कम्पनी जिएम आर वीच पिडिए सम्झौतामा हस्ताक्षर भए पछि नेकपा माओवादी सहितका ३३ दलले त्यसको विरोध गर्दै आएका छन् ।
त्यस्तै माथिल्लो कर्णालीमा बिजुली निकाल्नको लागि भारतिए उर्जा कम्पनि जीएमआर सँग पिडिए र भारत सँग गरिएको उर्जा व्यापार सम्झौताको विरोधमा नेकपा–माओवादीले एक दिने भेरी कर्णाली बन्दको आह्वान गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु