राष्ट्रिय राजनितिक सभालाई संविधानसभाको पैतलामा राख्ने मुर्खता गरेका रहेछन, त्यो सम्भव छैन – खडगबहादुर विश्वकर्मा ‘ प्रकाण्ड ‘ पोलिटब्यूरो सदस्य, नेकपा – माओवादी

२०७१ आश्विन २ गते, बिहीबार


• अन्तिम अवस्थामा आएर र्सवपक्षिय बैंठक रोकियो , किन ?
– नेपालको अहिलेको राजिनितिक स्थिति राष्ट्रिय एजेन्डाको रुपमा रहेको जनताको संविधान निमार्णको प्रश्न र नेपालको राजिनितक सक्रमणकाल यो सबैलाई समाधानगर्न हामिले राष्ट्रिय राजनितक सभाकेा निति अगाडी सारेका हौं । यो राष्ट्रिय राजनितिक सभाको नितिलाई त्यहा सहभागी हुने काग्रेस एमालेले बुझ्न सकेनन् । या त बुझेर पनि बुझ पचाएका छन् भन्ने लागेको छ । अर्को हाम्रो तर्फवाट पनि यसलाई जुन रुपले बुझ्ने र बुझाउने केही सिमा अनुभव भएको छ । त्यसकारण सुरुवाताको संघारमा पुगेको राष्ट्रिय राजनितिक सभा रोकिन पुगेको छ । यसले के देखाउछ भने सरकार पक्ष साच्चै राष्ट्रिय राजनितिक सभाबाट देशको संविधान निर्माणको समस्यालाई हल गर्न चाहेको छैन ,जनता र नेकपा – माओवादीका विरुद्धमा अर्थात जनताको संविधान निमार्ण् पक्षधर राजनितिक पार्टीको षडयन्त्रको रुपमा यो राष्ट्रिय राजनितिक सभा गर्न लागेका हुन भन्ने गम्भिर प्रश्नको रुपमा खडा भएको छ । घटना क्रममले के देखाउछ भने राष्ट्रिय राजनितिक सभालाई बास्विकताभन्दा षडयन्त्रको रुपमा ल्याईएको जस्तो देखाउछ ।
• अन्तिम समयमा आएर बहिस्कार गर्नुको कारण चाही के हो ?
– यसमा हाम्रो पार्टीको तर्फाट पनि थोरै तयारी नपुगको जस्तो देखिएको छ । अको कुरा, सरकार (काग्रेस र एमाले) ले राजनितिक सभालाई माओवादीलाई सुताउने थाङनो बनाउन खोजेको जस्तो देखियो । राष्ट्रिय राजनितिक सभालार्इ एउटा अन्तरक्रिया कार्यक्रम जस्तो बनाएर टुग्याउन खोजेको देखियो । यो त र्सवपक्षिय राजनितिक सभा नै भएन ,जो होइन त्यो गर्नुको कुनै अर्थ र औचित्य रहेन । यसकारण यसलाई बहिष्कार गरेका हौं ।
नेपालमा जनताको संविधान बनाउने हो भने राजनितिक पाटीहरु विच एउटा सहमति हुनु जरुरि छ । त्यो भनेको र्सवपक्षिय राजनितिक सभा नै हो । यसको विकल्प छैन ।
• सरकारले आयोजना गरेको राष्ट्रिय राजनितिक सभामा माओवादी सामेल भएन अव हामी एकलैटी ढंगले संविधान बनाउछौं भनेर संविधान सभामा भएका दलहरु बताई रहेका छन् के भन्नु हुन्छ ?
– हामीले भनेको र्सवपक्षिय राष्ट्रिय राजनितिक सभा एउटा निति पनि हो । यो आफैमा एउटा आन्दोलन पनि हो । जनाता र राष्ट्रको पक्षमा उत्तरदायित्वपनि हो । तर जनता र राष्ट्रको पक्षमा उत्तरदायी जनातका सच्चा पाटी र नेताले मात्र लिन सक्छ । कतै न कतै जनाताकोपार्टी , कतै न कतै जनताको पक्षधरता कमजोर भएको पाटी र नेताले यसको नेतृत्वलिन सक्दैन। अहिले हामीले भनेकेा कथित संविधान सभाले जनताको भावना र आकान्क्षाको प्रतिनिधित्व गर्न सक्दैन । यो संविधान सभाभित्र जनताको प्रतिनिधी अटाउने ठाउँ पनि छैन । त्यसैले यस कथित संविधानसभाबाट जनताको संविधान सम्भव छैन । यसलाई सच्याउने भनेको र्सवपक्षिय राष्टिय राजनितिक सभा मात्र हो । जसले संविधान निमार्णको सवाललाई पूर्ण रुपमा सम्बोधन गर्न सक्छ ,न अहिलेको राजनितिक सक्रमणकाल, शान्ति प्रक्रियालागायतका बाकी कामहरुलाई पनि टुग्याउन सक्छ । हामीले चाहेको र्सवपक्षिय राजनितिक सभा समाधान मुलक किसिमको हो । तर अहिले भनिएको राजनितिक सभा त्यसको खिलाफमा छ । त्यसैले यसको कुनै अर्थ र औचित्य छैन ।
• तपाईहरु कथित संविधानसभा भन्नुहुन्छ अनित्यही संविधानसभा विघटन नभई त्यहीसँग रष्ट्रिय राजनितिक सभामा बस्न तयार हुनुहुन्छ । किन ?
– यो संविधानसभा विघटन हुनपर्छ भन्ने हाम्रो अडान यथावत छ । हामीले भनेकेा राष्ट्रिय राजनितिक सभा आयोजना गरीसकेपछि यो संविधान निमार्णको निम्ती अधिकार सम्पन्न, शान्त्ति प्रक्रिायाका बाँकी काम टुग्याउनको निम्ती अधिकार सम्पन्न र अहिलेको राजनितिक सक्रमण कालको अन्यगर्नको निम्तीअधिकार सम्पन्नहुने वित्तिकै यसले जे निर्णय लिन्छ ,त्यो सबै राजनितिक पार्टीहरुले, सरकार र सबै निकायले मान्नुपर्छ । यो हुने वित्तिकै जनताको संविधान निमार्णको पहलकदमी हुन्छ । बाकी निति र विधि अगाडी बढाउदै निकसा लिन सकिन्छ । तर सरकार, काग्रेस र एमालेले त कथित संविधानसभाको पैतलामा हाम्रो र्सवपक्षिय राष्ट्रिय राजनितिक सभा राख्ने मुर्खता गरेका रहेछन , त्यो सम्भव छैन ।
• तपाईहरु राष्ट्र हाक्ने कुरा गर्नुहुन्छ तर आफ्नै पाटी भित्रका विवादहरु छताछुल्ल भएका छन् । के भन्नु हुन्छ ?
– पछिल्लो दिनमा नेपालको कम्युनिष्ट आन्दोलनमा हामी आफैले ०५२ सालमा अगाडी बढाएको जनयुद्वको बारेमा हामी नया ढंगले सोच्न थालेका छौं । माओवादी पाटी भनेको दशवर्ष जनयुद्वको जुन उपलब्धी छ, त्यो उपलब्धीको रक्षागर्ने, नेपालको क्रान्ती र परिवर्तन जहा अवरुद्ध भयो त्यो पुरा गर्नको निम्ती नेकपा – माओवादीको जन्म भएको हो । यसलाई पुरा गर्ने सर्न्दर्भमा अहिले विचारको विकास कहाँ नेर गर्नुपर्छ ,कार्यदिशाको विकास कहा नेर गर्नुपर्छ, निति र विधिको विकास कहाँनेर गर्नुपर्छ, अव क्रान्तीको नेतृत्व गर्ने पाटी कस्तो हुनु पर्छ भन्ने र्सर्न्दभमा हामीले नया ढंगले बहस थालेका छौं । यो अहिले पाटी,भित्रै सिमित छ यो बहस आवश्यकताअनुसार भोली आमजनतामापनि लैजान सक्छौ । त्यहीभएर एउटा दस्ताबेजको नेतृत्व विप्लवजिले गर्नु भएको छ । हाम्रो सरोकार र सवाल यही हो । यो नभई नेपालको क्रान्ती पुरा हुदैन भन्ने निष्कर्शमा हामी पुगेका छौ । नेपालको कम्युनिष्ट आन्दोलन मै एउटा विरासत के छ भने- एउटा नकारात्मक विगतको घटना क्रमम र स्थिति पनि के छ भने, पाटीभित्र बैचारिक राजनितिक बहस छलफल हुने वित्तिकै, भिन्न रुपमा आफ्नो मतहरु विचारहरु लिखितवा मैखिक रुपमा राख्ने वित्तिकै, त्यसलाई सहन नसक्ने सक्रिणता छ । जसले यो त्यो क्रान्तीकारी कम्युनिष्ट आन्दोलनलाई र पाटीलाई मद्दत पुर्याएको छैन । त्यसले जहिले पनि संशोधनबादको सेवा गरेको छ , जहिले पनि कम्युनिष्ट आन्दोलनलाई टुक्राटुक्रा पारेको छ । अहिले पनि केही घटना क्रममले के देखाउछ भने दुइ लाईन अन्तरसंघषलाई मैत्रिपूर्ण बनाउने, सौहार्दपूर्ण बनाउने ,आफ्नेा विचारको आधारमा श्रेष्ट बनाउने भन्दापनि सक्रिर्ण्ता जालझेलतिर लागेको जस्तो देखिएको छ । यसले केही चिन्तीत त गराएको छ तर हामी छिट्टै पाटीका विभिन्न निकायका बैंठक बसेर त्यसलाई गम्भिररुपले छलफल गरेर टुग्याउछौं ।
• तपाईले पाटीले नयाँ ढंगले सोर्च्र्दै छ भन्नुभयो, त्यो नया ढंग भनेकेा जनबिद्रोह , जनयुद्व वा अरु के हो ? प्रष्ट पारि दिनुहोस न ।
– हामीले नयाँ ढंगले सोच्ने भनेको नेपालमा जनवादी क्रान्ती पुरा भएको छैन । त्यो पुरा गर्ने हो । त्यो पुरा गर्नको निम्ती हामीलाई विचार र कार्य दिशाको रुपमा पनि नयाँपन चाहिएको छ । ‘जनवादी क्रान्ती’ जुन अहिले अवरुद्ध भएको छ । त्यसलाई अगाडी बढाउन वैज्ञानिक कार्य दिशा के हुन्छ भन्नेमा हामी बहस गरीरहेका छौ । अहिले त्यसलाई विप्लवजिले ‘एकिकृत क्रान्तीको कार्य दिशा ‘ भनेर पेश गर्नु भएको छ, नामको दृष्टिले । हामी त्यसको अध्ययन,छलफल र परिमार्जनमा छौ । हामीले सोचेको अवको र्सवहाराक्रान्तीको नयाँकार्य दिशाविकास गरेर नेपालीक्रान्तीलाई पुरा गर्ने हाम्रो मुख्य उद्देश्यहो ।
• तपाईहरुले गर्ने क्रान्तीको लागि जनताले चाही कहिले सम्म पर्खनु पर्छ ? बताईदिनुहोसन ।
– अव धेरै पर्खनु पर्दैन , किनभने अव हामी यो धेरै लम्बाउने पक्षमा छैनौ । यो हाम्रो पाटीको आत्मगत कुरा मात्रहोइन । नेपालको बस्तु स्थिति र राजनितिक घटना क्रममले पनि छिट्टै होस भन्ने चाहेको छ । त्यसैले हामी छिट्टै व्यवस्थापन गरेर निष्कर्षमा पुगेर अगाडी बढन चाहान्छौं । तर हाम्रो पाटी भित्रपनि अलिकति बहस भएको हुनाले हामीले छिट्टै निष्कर्षमा पुर्याउन सकेनौ । तर अव हामी यसलाई लम्बाउने पक्षमा छैनौ ।
• तपाई पाटीमा बहस छ भन्नुहुन्छ , तर पार्टी फुटको संघारमा पुगेको चर्चा छ।
– नेपालको कम्युनिष्ट आन्दोलनमा वैचारिक मतभिन्नता भई सकेपछि दुइवटा दस्तावेज पेश भई सकेपछि त्यसको परिणाम फुटकै छ । यो कोणबाट हेर्दा फेरी त्यस्तै हुन्छ कि भनेर आमकार्यकर्ता ,जनता र शुभचिन्तकहरुले चिन्ता जाहेर गर्नु अन्यथा होइन । तर हाम्रो दृष्टीकोण के छ भने राम्रो सँग छलफल र बहस गर्ने वैज्ञानिक विचार र कार्य दिशा विकास गर्ने र त्यसको आधारमा पाटीलाई एक गर्ने नै हो । वैज्ञानिक र क्रान्तीकारी कार्यदिशा विकास गर्दा त्यसमा सहमत नहुने कोही पात्र र प्रवृति देखियो भने त्यहि बेला हिसाबकिताब गरौला ।
• यो देशको संकट पार लगाउन माओवादीले सक्छ भनेर विश्वास गर्ने आधारहरु के-के छन त ?
– पहिलो कुरा माओदावीले अघि सारेको निति र एजेन्डा हुन । ति राष्ट्र र जनताको एजेन्डा र निति भएको हुनाले विश्वास गर्ने मुख्य आधार यहि हो । अर्को कुरा, अहिले पनि नेपालमा हेर्ने हो भने चाहे राष्ट्रिय स्वधिनताको कुरा होस , चाहे जनताको जनवादी कुरा होस वा जनजिविकाको सवाल होस सबभन्दा बढी जिम्मेवार र सम्बेदनशिल पाटी भनेको माओवादी नै हो । माओवादी पाटीको राष्ट्र र जनताप्रतिको जिम्मेवारी छ किनभने ०५२ सालमा जनु ढंगले यसले क्रान्तीको उत्थान गर्यो त्यो पुरा भएको छैन । यो विचमा नेतृत्वका कारणले गर्दा अनि सामराज्यवादीका कारणले गर्दा अवरुद्ध भएको छ । यसको व्याज- स्याजसहित असुल गर्नुपर्छ भन्ने मिसनमा हामी दृढ छौं ।

प्रतिक्रियाहरु