नेपालमा अलकायदाको प्रभाव बढ्दै : प्रहरी

२०७१ आश्विन २ गते, बिहीबार


काठमाडौँ , २ असोज। नेपाल प्रहरीले अलकायदा लगायत मध्यपूर्वमा आतंक मच्चाइरहेका इस्लामिक आतंकवादी समूहको गतिविधि सक्रिय रहेको र त्यसको प्रभाव नेपालमा पर्न सक्ने भन्दै सुरक्षा सतर्कता अपनाउनुपर्ने निष्कर्ष निकालेको छ ।प्रहरी प्रधान कार्यालयमा आयोजित दुई दिने गोष्ठीमा सहभागी उच्च प्रहरी अधिकारीहरुले उक्त विषयमा चिन्ता व्यक्त गर्दै मुलुकभरको सुरक्षा रणनीति तत्काल परिर्वतन गर्नुपर्ने निष्कर्ष निकालेका हुन् ।
प्रहरी प्रधान कार्यालयका एक एआईजीका अनुसार खाडी मुलुकमा भइरहेको आतंकवादी गतिविधिलाई गम्भीर ढंगले विश्लेषण गर्दै त्यसको प्रभाव नेपालमा पनि पर्न सक्ने र सार्क शिखर सम्मेलनसमेत प्रभावित हुन सक्ने भएकाले अहिलेदेखि नै प्रहरीले कार्ययोजना बनाएर सुरक्षाकर्मीहरु परिचालन गर्ने भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार