नेविसंघको महाधिवेशन पुन स्थगित

२०७१ भाद्र २८ गते, शनिबार


काठमाडौं, २८ भदौ । नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन फेरि स्थगित भएको छ । भोलिदेखि हुने भनिएको महाधिवेशन तयारी नपुगेको भन्दै पुन स्थगित भएको छ ।‘आज विहान पार्टी पदाधिकारी सहितको वैठकमा आवश्यक तयारी पूरा गरेपछि मात्र महाधिवेशन गर्ने निर्णय भयो’ महाधिवेशन आयोजक समिति सदस्य ऋषिकेशजंग शाहले बताए । उनले भने ‘एक दुई दिनमै वैठक बसेर अर्को मिति तय गर्नेछौं ।’उनका अनुसार महाधिवेशन एक महिनापछि हुनेछ । जिल्लाबाट फर्जी प्रतिनिधि धेरै आएकाले छानवीन गर्न समय लागेको उनले बताए । महाधिवेशनको लागि कतिपय प्रतिनिधि काठमाडौं आइसकेका छन् ।आन्तरिक विवादका कारण नेविसंघको महाधिवेशन पटकपटक स्थगित हुँदै आएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार