आजबाट सोह्रश्राद्ध

२०७१ भाद्र २४ गते, मंगलवार


काठमाडौं, २४ भदौ ।आजबाट पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि औंशी तिथिसम्म रहने सोह्रश्राद्धमा छोरा–छोरीहरुले आफ्ना दिवंगत पितृहरुको श्राद्ध तथा तर्पण गर्ने गर्दछन् ।घर नजिकका तीर्थ तथा तालकुन्डमा गइ स्नान गरी वैदिक विधिअनुसार पितृहरुलाई पिन्डदान र तर्पण गर्ने गरिन्छ । काठमाडौंको पशुपति, गोकर्ण, जनकपुरको गंगासागर, कालीगण्डकी किनारका विभिन्न तीर्थस्थलहरु लगायतका नदी किनारमा आज बिहानैदेखि श्राद्ध गर्नेहरुको भीड लागेको छ ।यो अवधिभर बाबुआमा नहुनेहरुले लसुन, प्याज, माछामासु लगायतका तामसी परिकारहरु खान नहुने धार्मिक परम्परा छ । यस अवधिभर बाबुआमा नहुनेहरुले एकछाक मात्रै खाने चलन छ । आश्विन कृष्ण पक्षमा सूर्य कन्या राशिमा रहेको बेला पितृका निम्ति पर्व जस्तै हुने धार्मिक मान्यता रहेको छ ।
हिन्दू धर्ममा पितृको स्थान देवताको भन्दा पनि माथि रहने गर्दछ । ठूला चाडपर्व, यज्ञ जस्ता ठूला कर्म गर्नुअघि पनि पितृको सम्झना गर्ने परम्परा रहेकाले बडादसैं र तिहार जस्ता ठूला पर्वअघि पितृ पक्षमा सम्पूर्ण पितृहरुको सम्झना गर्ने गरिएको विश्वास गरिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार