कक्षा १२ को नतिजा सार्बजनिक हुदै

२०७१ भाद्र १३ गते, शुक्रबार


काठमाडौँ , १३ भदौ। उच्च माध्यमिक शिक्षा परिषद्ले १२ कक्षाको विज्ञान बिषयको नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । गत वैशाखमा भएको परीक्षाको नतिजा ढिलाई भएको भन्दै चौतर्फी बिरोध हुन थालेको छ ।सबै तयारी सकिएको छ, परिषद्का सहसचिव नारायण कोइरालाले भने,शुक्रबार नतिजा सार्वजनिक गर्छौ । उनका अनुसार १ हजार ८ सय भन्दा बढी विद्यार्थीको हाजिरी देखिएपनि नम्बर नचढेपछि मिसिङ देखिएकोले त्यसमो समाधान गरी नतिजा प्रकाशन गरिनेछ ।
बिगतमा २र३ सय मात्रै मिसिङ देखिन्थ्यो,उनले भने,यसपपटक धेरै आएकोले रुजु गर्न लागेका छौ । विद्यार्थीको उत्तरपुस्तिका एउटा पोकामा हुनु पर्नेमा अर्कोमा पर्दा पनि मिसिङ हुने गरेको उनले बताए ।
नतिजा नआएपछि त्रिभुवन विश्वविद्यालयले लिने प्रवेश परीक्षामा समेत सहभागी हुने वा नहुने भन्ने विद्यार्थीमा अन्यौल छ । त्रिविको इन्जिनियरिङ तर्फको प्रवेश परीक्षा सकिसक्यो ।
मडिकलतर्फको आइतबार प्रवेश परीक्षाको कार्यक्रम तय गरेका छ । नतिजा नआउदा विदेश अध्ययनमा जाने विद्याार्थी भने अन्योलमा परेका छन् ।
विदेश अध्ययन गर्न जानेले सेप्टेम्बर /अक्टोबर सेसन भ्याउने गरी तयारी पूरा गरे पनि नतिजा नआउँदा उनीहरू छुट्ने भएका हुन् । यस वर्ष करिब तीन लाख विद्यार्थीले १२ कक्षाको परीक्षा दिएका छन् ।
उच्च माध्यमिक विद्यालय संघ हिसान का महासचिव युवराज शर्माले प्लस टुको शैक्षिक क्यालेन्डर लागू नहुँदा विद्यार्थीको नतिजामा निरन्तर ढिलाइ भएको बताए । यसअघि असारमा नतिजा सार्वजनिक हुने गरेको थियो । २०६६ पछि साउनमा नतिजा आउन थालेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु