चाँदनी सात तले गुफा ओझेलमा

२०७१ असार २० गते, शुक्रबार


काठमाडौं । ऐतीहाँसिक महत्व रहेको सल्यान लेकपोखरा १ मा रहेको चाँदनी ७ तले गुफा ओझेलमा परेको छ । सल्यान लान्तीबजार देखि करिव १ किलोमिटर पूर्वतीर रहेको चाँदनी ७ तले गुफाको बारनेमा नत अधिकांशलाइ थाहा छ नत यसको संरक्षण र विकास हुन सकेको छ । ७ वटा तला रहेको यस गुफामा अहिले ३ तला सम्म जान सकिन्छ ।“मेरो बाबु बाजे त ७ तला सम्म जानुभएको हो रे, उहाँहरुले नै गुफा पत्ता लगाउनुभएको हो, हामी भने अहिले ३ तला सम्म जान सक्छौँ ।” स्थानीय बुद्धिमान पुनले भने –“तर यसको संरक्षणमा कसैले पनि चासो नदिदा यस्तो महत्वपूर्ण गुफा ओझेलमा परेको छ । विक्रम संवत २०६५ सालमा लेकपोखरा गाविसको गाउँ परिषद्ले गुफा वाहिर सामान्य गेट निर्माण र चाँदी जस्तै टल्कने भएकाले ‘चाँदनी ७ तले गुफा’ नामाकरण गर्नु वाहेक गुफाको संरक्षण र विकासमा कुनै काम हुन नसकेको याम बहादुर पुनले जनाए ।
करिव ५० मिटर लम्बाइ, २० मिटर चौडाइ र ३० मिटर उचाइ रहेको चाँदनी गुफामा ढुंगाको बज्ने मादल, विभिन्न देविदेवताका आकृती रहेको र गाइको थुन जस्तो आकृतीबाट दुध जस्तै सेतो तरल पदार्थ झर्ने गरेको गाविस सचिव लोक बहादुर केसीले जनाए । यसको साथै गुफाको वरिपरि पनि रमणिय तथा अनौठा स्थल रहेको स्थानीयहरुले जनाएका छन् । “गुफाको नजीकै सिद्ध बाबाको मन्दीर छ, साथमा नजीकै रहेको खोविल्टो परेको गाबु जस्तै ढुंगोमा जती पानी निकाले पनि रित्तीदैन स्थानीय ध्वज बहादुर पुनले भने –“नजीकैमा ढकढके ढुंगा पनि छ, यसले पनि गुफाको महत्वलाइ झनै बढाएको छ ।”
सबै सम्बन्धीत निकाएले चासो दिएर यस गुफाको संरक्षण विकास र प्रचारप्रसारमा अग्रसरता देखाएमा लेकपोखरामा रहेको चाँदनी सात तले गुफा पर्यटकीय क्षेत्र बन्न सक्ने स्थानियको भनाइ छ । पछिल्लो समय स्थानीयहरुले गुफालाइ राष्ट्रिय स्तर सम्म चिनाउनुपर्छ भनेर सक्रिय भएका छन् भने सम्बन्धीत निकायले गुफाको विकासमा चासो नदेखाएकोमा चिन्तीत भएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार