राजधानीमा डेंगूको देखियो

२०७१ असार ११ गते, बुधबार


काठमाडौं, ११ असार । काठमाडौं उपत्यकाका तीन जना व्यक्तिमा प्रयोगशाला प्रमाणित लामखुट्टे जन्य भाइरल संक्रमण डेगू देखिएको छ ।छ महिना भन्दा बढी समय राजधानीबाहिर नगएका व्यक्तिमा डेगूको संक्रमण देखिनुले उपत्यकालाई संक्रमित गरिसकेको बुझ्नु पर्ने शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डा राजेश साह ले बताएका छन् । एडिस एजेप्टाई नाउ गरेको पोथी लामखुट्टेले टोकेको तिनदेखी १४ दिनसम्ममा डेगूको लक्षण देखिन्छ ।
राजधानीमा समेत डेगूको प्रकोप देखिन शुरु भएकोले अगामी दिनमा दिउसो टोक्ने लामखुट्टेबाट जोगिनु आवश्यक रहेको डा साहले बताए । अझ वषरयाममा पानी जम्ने टिनका बट्टाहरु, थोत्रा पुरानो टायर, गमला, फुलदान, खाली ड्रम पानी टयांकी आदिमा पानी जम्दा त्यहा यो फैलाउने लामखुट्टेले फुल पार्ने गरेकोले यसको संक्रमण झन बढने खतरा हुन्छ । दिउसो टोक्ने कालो रंगको डेगी फैलाउने लामखुट्टेको जिउमा सेतोपट्टीहुन्छ । यो लामखुट्टे थुप्रै दिन देखी हलचल नभएको सफा पानीमा फुल पार्छ ।
विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)को अनुसार यो भाईरसको कुनै उपचार छैन, यसमा लक्षणको आधारमा उपचार गरिन्छ । डेगी एउटा विशेष प्रकारको भाईरसले गर्दा हुन्छ । यो भाईरस डेन–१, डेन–२, डेन–३ र डेन–४ गरी चार प्रकारको हुन्छ ।
डेगीले गर्दा शरिरको रगत जम्ने प्रकृया अव्यवस्थित हुन्छ । यो अवस्था रगतमा धेरै जसो प्लेटेलेटस नष्ट हुनाले गर्दा हुने हो । यसको घातक रुप हुदा सम्पुर्ण शरिरमा रक्त श्राव हुन लाग्छ ।
डेगूको संक्रमण भएमा चिसो लाग्नुको साथै ज्वरो, टाउको दुखाई, हाड तथा जोर्नी दुख्नु, आखा दुख्नु, वाकवाकी लाग्नु वान्ता हुनु, छालामा चकत्ता देखिनु, रगत बग्नु वा रगतको ”रैश”, देखिनु लगायतका लक्षण देखिने गर्छ । यस्तै डेगूको संक्रमणमा शरिरमा प्लेटेलेटसको सख्या चिन्ताजनक स्तर सम्म तल र्झन सक्छ । यसमा छाला, आमाशय, आन्द्रा, रन्ध्र आदि ठाउ वाट असमान्य रक्तस्राव हुन सक्छ ।
डेगूको मुख्य लक्षणमा औषधि खादा समेत तिव्र ज्वरो निको नहुनु, तिव्र रुपमा जिउ दुख्नु यस्तो दुखाइ भने मुख्यत: जोर्नी र हाडहरुमा हुने गर्दछ ।

प्रतिक्रियाहरु