शिक्षक आन्दोलन समाप्त शिक्षक आन्दोलन समाप्त

२०७१ जेष्ठ ९ गते, शुक्रबार

काठमाडौ, ९ जेठ । अस्थायी शिक्षक संघर्ष समिति र सरकारबीच गएराति ३ बुँदे सहमति भएको छ ।सहमतिपछि विगत १ वर्षदेखि आन्दोलन गर्दै आएका ३० हजार अस्थायी शिक्षकहरुको आन्दोलन पनि स्थगित भएको छ । २०६९ सालसम्म दरबन्दीमा पढाएका शिक्षकहरुलाई आन्तरिक प्रक्रियाको थालनी गरी यस अघि भएका संझौता अनुसार स्थायी गर्ने, रिक्त दरबन्दीमा स्थायी शिक्षकहरुलाई राख्ने र अस्थायी शिक्षकहरुलाई विस्थापित नगर्ने र उमेर हद र सेवा अवधि नपुग्दै पेशाबाट बाहिरिन चाहने शिक्षकलाई सम्मानसहित विदाई गर्ने सहमति भएको हो ।सहमतिमा शिक्षामन्त्रालयका सहसचिव डिल्ली रिमाल र अस्थायी शिक्षक संघर्ष समितिका संयोजक रामचन्द्र अधिकारीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रियाहरु