आयल निगम पेट्रोलको पैसा पठाउँदै

२०७१ बैशाख ९ गते, मंगलवार

काठमाडौ, ९ बैशाख । नेपाल आयल निगमले भारतीय आयल निगमलाई तिर्ने बाँकी बक्यौता आज तिर्ने भएको छ । पेट्रोलयम पदर्थाको आपूर्ति आजबाट सहज हुने भएको छ । सरकारले दिने भनेको साढे २ अर्ब ऋण आउन ढिला हुने भएकाले आफ्नो स्रोतबाट निगमले झण्डै ५ अर्ब पठाउन लागेको बताएको छ । भारतीय आयल कर्पोरेसनलाई १० अर्ब रुपैयाँ तिर्न बाँकी छ । लामो समयदेखि बक्यौता तिर्न नसकेपछि भारतीय आयल कर्पोरेसनले ३० प्रतिशतसम्म तेल कटौती गर्दा दुई हप्तादेखि तेलको अभाब छ ।
नेपाल सरकार वाणिज्य तथा आपुर्ति मन्त्रालय र अर्थ मन्त्रालयबाट स्वीकृत भएको दुई अर्ब ५० करोड ऋण लिएर भारतीय आयल निमगलाई दिइसकेकाले आपुर्ति सहज हुने आयल निगमले जनाएको छ । नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले भोलिबाट लाइन बस्नुपर्ने वाध्यता हटाउने गरि तयारी भइरहेको जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु