खाडी मुलुकमा महिला कामदारको श्रम स्वीकृति बन्द

२०७१ बैशाख ५ गते, शुक्रबार


काठमाडौं । खाडी मुलुकमा घरेलु कामदारका रुपमा जाने महिला कामदारले शारीरिक तथा मानसिक यातना पाएको भन्दै सरकारले व्यक्तिगत श्रमस्वीकृति बन्द गरेको छ ।घरेलु महिला कामदारको अवस्था अध्ययन गर्न श्रम तथा रोजगार मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठको संयोजकत्वमा अध्ययन समिति बनाउँदै व्यक्तिगत श्रमस्वीकृति बन्द गरिएको हो ।म्यानपावरमार्फत घरेलु कामदारका लागि महिलालाई विदेश पठाउन भने दुई वर्षअघि नै बन्द थियो । गतसोमबार लेबनानमा अलपत्र परेका ३७ महिलाको उद्धार गरी स्वदेश ल्याइएपछि सरकारलाई व्यक्तिगत श्रम स्वीकृति बन्द गर्न दबाब परेको बताइएको छ ।
वैदेशिक रोजागर प्रवर्द्धन बोर्डका निमिक्त कार्यकारी निर्देशक टीका भण्डारीले खाडी मुलुकमा जाने महिला कामदारबारे गुनासो र उजुरी बढेकाले वैदेशिक रोजगार विभागले हाउसमेडका लागि तत्काल श्रमस्वीकृति बन्द गरेको जानकारी दिए । उनले यसबारे अध्ययन गर्न बोर्डले अनुसन्धान समिति बनाएको बताए । ‘अहिले महिला कामदारका विषयमा समस्य बढ्दै गएको छ, त्यसमाथि तालिम दिने संस्थाहरु कार्यविधि बनेपछि त्यस मातहतमा आइसकेका छैनन्, सबै समस्या पहिल्याउन समितिलाई १० दिनको समय राखेर विभागले श्रमस्वीकृति बन्द गरेको हो,’ उनले भने ।बोर्डका निमिक्त कार्यकारी निर्देशक भण्डारीले तालिम दिने संस्थाले फागुनदेखि अनुमति पत्र नदिएको बताए । ‘हामी बोर्ड बैठक बसेर इजाजत दिन तयारीमा थियौं तर, पहिले घरेलु कामदारमा समस्या देखिएपछि अध्ययन समिति बनाएर त्यसको प्रतिवेदनका आधारमा गछौं,’ उनले भने । सुरक्षा प्रणाली, हकअधिकारदेखि तालिमको प्रभावकारिताबारे अध्ययन हुने उनले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार