अन्तराष्ट्रिय पुष्प प्रदर्शनी सुरु हुदै

२०७० चैत्र १३ गते, बिहीबार


काठमाडौ, १३ चैत । दोस्रो अन्तर्राष्ट्रिय पुष्प प्रदर्शनी आजदेखि काठमाडौमा सुरु हुँदैछ । पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उदेश्यले फ्लोरिकल्चर एशोसिएशन अफ नेपाल फ्यानले प्रदर्शनी आयोजना गर्न लागेको हो ।भृकुटीमण्डपमा हुने मेलामा ५९ वटा व्यवसायिक स्टल, १५ वटा सूचनामुलक स्टल, २१ वटा अन्तर्राष्ट्रिय सहभागिताका स्टल गरी ९५ वटा प्रदर्शनी कक्ष राखिनेछ । स्थानीय रुपमा उत्पादित एवं वितरति मौसमी फूल, कट् फ्लावर, ड्राइफ्लावर, सुनखरी, बीउबिजन लगायतको प्रदर्शनी तथा बिक्री गरिने आयोजकले जनाएको छ ।मेला आउँदो आइतबारसम्म चल्नेछ । एकदशक अघिसम्म आन्तरिक मागको ८० प्रतिशत पुष्प तथा पुष्पजन्य वस्तुको आयात हुने गरेकोमा अहिले ८५ प्रतिशतभन्दा धेरै आन्तरिक मागले नै धान्ने गरेको व्यवसायीहरुको भनाई छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु