एमाओवादीका जिल्ला संयोजकहरुको भेला हुदै

२०७० फाल्गुन २३ गते, शुक्रबार


काठमाडौ, फागुन २३ । एकीकृत नेकपा माओवादीका जिल्ला संयोजकको भेला आजबाट काठमाडौमा सुरु हुँदैछ ।वैशाखमा हुने राष्ट्रिय सम्मेलनको तयारीका लागि आज बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा जिल्ला संयोजकहरुको भेला बोलाइएको एकीकृत माओवादीले जनाएको छ । भेलामा ७५ वटै जिल्लाका जिल्ला संयोजक सहभागी हुनेछन् ।भेलामा सम्मेलनको विधान संसोधन र विधान कार्यान्व्यनका लागि नियमावली लगायतका विषयमा छलफल हुने कार्यक्रम रहेको एमाओवादीले बताएको छ ।एकदिने भेला भनिएपनि शनिबारसम्म चल्नसक्ने बताइएको छ । कार्यदिशा र सांगठनिक संरचना परिवर्तनका लागि एकीकृत नेकपा माओवादीले आउँदो वैशाख १८ गते राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु