काठमाडौं चौथो सस्तो सहर

२०७० फाल्गुन २१ गते, बुधबार


काठमाडौं, २१ फागुन। इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईयू) ले विश्वभरका मानिसहरुको जीविकोपार्जनको खर्चमा गरेको सर्वेक्षणमा नेपालको राजधानी काठमाडौं विश्वमा नै चौथो सस्तो सहर बनेकोपाइएको छ ।सर्वेक्षण अनुसार सन् २०१४ मा काठमाडौं बस्नका लागि विश्वकै चौथो सस्तो सहर बनेको छ । काठमाडौंसँगै गृहयुद्धले तहसनहस भएकामध्ये पूर्वमा रहेको सिरियाको राजधानी दमास्कस पनि विश्वका सस्ता सहरमा चौथो स्थानमा रहेको छ । न्युयोर्कलाई आधार रेखा मानेर विश्वका १ सय ३१ सहरमा गरिएको सो सर्वेक्षणमा भारतको मुम्बई विश्वमा नै सबैभन्दा सस्तो सहर बनेको छ ।
त्यस्तै, पाकिस्तानको कराँची र भारतकै नयाँ दिल्ली क्रमश: दोस्रो र तेस्रो सस्तो सहर बनेका छन् । सो सर्वेक्षणअनुसार सिंगापुर सबैभन्दा महँगो सहर सिद्ध भएको छ । सिंगापुर लुगा किन्नका लागिसमेत विश्वमा नै सबैभन्दा महँगो सहर सावित भएको छ । मूल्यवृद्धि र बलियो मुद्राका कारण सिंगापुरलाई सो स्थानमा पु–याएको बताइन्छ ।
गत वर्ष सबैभन्दा महँगो बनेको सहर अहिले छैटौं स्थानमा झरेको छ भने दोस्रो र तेस्रोमा क्रमश: पेरिस र ओस्लो बनेका छन् ।त्यस्तै, जुुरिच, सिड्नी र भेनेजुयला क्रमश: चौथो, पाँचौं र छैटौं महँगा सहर भएको सो सर्वेक्षणले देखाएको छ । त्यस्तै, जेनेभा र मेलबर्न पनि छैटौं स्थानमा रहेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार