वीर अस्पतालको मुहार फेरिदै

२०७० फाल्गुन २१ गते, बुधबार


काठमाडौँ ,२१ फागुन । वीर अस्पतालको भौतिक निर्माण, क्षमता तथा सेवा विस्तार गरी अत्याधुनिक, बृहत र सुविधासम्पन्न बनाउने गुरुयोजना तयार भएको छ।
सो गुरुयोजना अनुसार अब अस्पतालले पन्ध्रतले अत्याधुनिक भूकम्पप्रतिरोधक भवन , वरिपरि हरियालीसहितको खुला ठाउँ सहित एक हजार ५ सय शय्या क्षमता ,अत्याधुनिक उपकरण, सामान्य र विशेषज्ञ उपचार सेवा , अनुसन्धान केन्द्र पाउने भएको छ । अस्पतालमा दुईतले भूमिगत पार्किङको ब्यबस्था समेत गरिने भएको छ ।। एक सय २६ वर्ष लामो इतिहास बोकेको केन्द्रीय अस्पताल वीर अस्पतालको क्षमता अहिले जम्मा ४ सय ९८ शैयाको छ । गुरुयोजनाअनुसार पाँच वर्षमा १५ तले अत्याधुनिक भवनमा ९ सय शैया थपिनेछ ।वीर अस्पताल विस्तार गुरुयोजनाअनुसार अस्पतालको मुख्य भवनबाट उत्तरतर्फ (हाल पर्किङ, नर्सिङ क्याम्पस रहेको) १७ रोपनी १० आना जग्गामा नयाँ भवन निर्माण गर्न लागिएको छ ।

प्रतिक्रियाहरु