माओवादी अध्यक्ष किरण बेल्जियममा

२०७० फाल्गुन ४ गते, आईतवार


बेल्जियम । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य र सचिव देव गुरुङ बेल्जियम आइपुगेका छन् । फेब्रुअरी १६ मा हुने नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमको वार्षिक साधारणसभामा भाग लिन बेल्जियम आइपुगेका नेताद्वयलाई आजै बिहान ब्रसेल्स एयरपोर्टमा समर्थक तथा शुभचिन्तकहरुले हार्दिकताका साथ स्वागत गरेका थिए ।मोर्चाले ‘नेपाली जनताको संघीय गणतान्त्रिक संविधान निर्माण गर्ने अभियानमा ऐक्यवद्धता जाहेर गरौं ।’ भन्ने नाराका साथ साधरणसभा गर्न लागेको हो।कार्यक्रमको पूर्वसन्ध्यामा नेताहरुको सम्मान तथा भेटघाट तथा पत्रकार सम्मेलन गरिने पत्रकार महासंघ यूरोप शाखाका अध्यक्ष महेश थापाले जानकारी गराए ।
नेपालको वामपन्थी राजनीतिमा सकृय नेताहरू उपस्थित हुने कार्यक्रमका लागि बेल्जियम, फ्रान्स, नर्वे, स्वीडेन, इटली, नेडरल्याण्ड, स्पेन, जर्मनी र टर्की लगायत देशका भाईचारा संगठनहरुलाई पत्रचार गरिएको थियो ।मोर्चाले स्थापनादेखि भए गरेका गतिविधि, संगठनको प्रभाव, संघर्ष, विदेश बसाईका कठिनार्इ सहितका विचार समेटेर ‘प्रगतिशील आवाज’ पुस्तक प्रकाशन गरिएको छ । संगालोलाई मोर्चाको साधारणसभामा कार्यक्रमका प्रमुख अतिथिले विमोचन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रियाहरु