देशमा डरलाग्दो ढङ्गले प्रतिगमन आउने मूखता गरिरहेको छ – खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, पोलिट्ब्युरो सदस्य, नेकपा-माओवादी

२०७० माघ २५ गते, शनिबार


० तपाईंहरूले बहिष्कार गरेको संविधानसभाको निर्वाचन सम्पन्न भयो । सरकार गठनको तयारी भइरहेको छ । तर, तपाईंहरूले निर्णायक आन्दोलन गर्न सक्नु भएन नि किन ?
हामीले यो संविधानसभाको बारेमा पार्टी तर्फाट जे धारणा अगाडि सारेका थियौँ, त्यो राजनीतिक दृष्टि र व्यवहारिकले पनि सत्य थियो भन्ने कुरा पछिल्ला सबै घटनाक्रमहरूले पुष्टि हुँदै आएको छ । हामीले यो संविधानसभा नेपाली जनताको परिवर्तनको चाहनाको विरुद्धमा र नेपाली क्रान्तिको विरुद्धमा थियो भनेका थियौँ, अहिले त्यो सावित भएको छ । अहिले यो देशमा डरलाग्दो ढङ्गले प्रतिगमन आउने मूखता गरिरहेको छ । अहिले सरकार र संविधानको जुन कुरा उठिरहेको छ, नेपाली जनताले चाहेजस्तो संविधान यो दलाल संविधानसभाबाट बन्छ भन्ने हामीलाई पहिले नै लागेको थिएन, त्यो कुरा अहिले आमनेपाली जनताले पनि बुझिसकेका छन् । अर्को कुरा सरकार गठनको छ, यो बडो विडम्बना भएको छ । एक पटक यी संसद्वादी दलहरू र यिनका मालिकहरू बेस्सरी कुलन्थे, निर्वाचन नै प्रजातन्त्र हो भनेर अहिले पछिल्लो चरणमा सरकार नै गठन गर्न नसक्ने स्थितिमा यिनीहरू पुगेका छन् । यो सबै किन भइरहेको छ भने, यो राष्ट्र र नेपाली जनताको पक्षमा न्यूनतम सोच्ने यो देशका मान्छेहरू र यो देशमा भएका राजनीतिक पार्टी नेताहरूलाई अगाडि ल्याउन दिँदैनन् भन्ने कुरा पछिल्लो चरणमा एमाले, काँग्रेसभित्र संसदीय दलको नेता छान्न भएको खेलले नै प्रस्ट पार्दछ ।
० यतिबेला नेकपा-माओवादीसहित ३३ दललाई पाखा लगाएको स्थिति छ, के भन्नुहुन्छ ?
यो उनीहरूले गरेको मूखता मात्र हो, आत्मरति मात्र हो । कुरा ३३ दलको मात्र होइन, कुरा नेकपा-माओवादी र माओवादीले नेतृत्व गरिराखेको राजनीतिक एजेण्डाको विरुद्धको हो । नेकपा-माओवादीले अगाडि सारिराखेका राजनीतिक एजेण्डाका विरुद्धको यो षड्यन्त्र हो । यो ३३ दल र माओवादीको मात्र कुरा नभएर नेपाल राष्ट्र र नेपाली जनताका विरुद्धमा भएको षड्यन्त्रको कुरा हो । साँच्चै अहिले राष्ट्रको लागि अग्रगामी निकास लिने हो भने र नेपाली जनताको संविधानको सुनिश्चितता गर्ने हो भने एक पटक यो देशका जिम्मेवार राजनीतिक पार्टीसंविधान निर्माणसँग सरोकार राख्ने सबै पक्षसँग राष्ट्रियरूपमा राजनीतिक सभाको आयोजना गरेर त्यसबाट संविधान निर्माण सम्बन्धमा पनि एउटा राष्ट्रिय सहमति कायम गरौँ । अहिलेको संकटको निकासको निम्ति पनि एउटा सहमति कायम गर्नु जरुरी छ । हामीले बारम्बार भन्दै आएको कुरा यही हो । पछिल्लो हाम्रो केन्द्रीय समितिको बैठकबाट पनि हामीले यो नीतिलाई अगाडि सारेका छौँ । राष्ट्रिय राजनीतिक सभा जनसंविधानको सुनिश्चितता अहिलेको राजनीतिक संकटको निकासको प्रस्ताव हामीले अगाडि सारेका छौँ । यो मान्न दलालहरू तयार भएनन् र आफ्नो मालिकको पछि दौडिराखे भने हामी एउटा ठूलो आन्दोलनको तयारीमा छौँ । यस क्रममा हामीले एउटा बृहत्तर राजनीतिक संयुक्त मोर्चा गठन गर्ने उद्देश्यले एउटा संयुक्त मोर्चा गठनको तयारी गरेका छौँ । जसलाई हामीले संयुक्त जनसमिति नेपाल भनेर गठन गरेका छौँ । हामीले संयुक्त मोर्चा निर्माण गरेर यही संयुक्त मोर्चाबाट पार्टीीे संर्घष्ासम्बन्धी नीति, विशेष गरेर राष्ट्रिय स्वाधीनता, नेपाली जनताको जनवाद र नेपाली जनताको जनजीविकाको सवाललाई केन्द्रभागमा राखेर एउटा शक्तिशाली आन्दोलनको उठानको पक्षमा र त्यसको तयारीमा लागिरहेका छौँ ।
० भर्खरै तपाईंको पार्टीको पोलिटब्युरोको बैठक सकिएको छ, बैठकमा एमाओवादीसँग एकताको कुरा पनि जोडदार ढङ्गले उठ्यो भन्ने प्रचारमा आएको छ, वास्तविकता के हो ?
यस विषयमा बाहिर जसरी अतिशयोक्तिपूर्ण ढङ्गले प्रचारबाजी गरियो, त्यो सत्य होइन । बैठकमा जे एजेण्डा थिए, जुन छलफल भएको थियो, त्योसँग बाझिने गरी प्रचारप्रसार गरियो, यो प्रचारभित्र हाम्रै पार्टीीत्रका गलत प्रवृत्तिको पनि स्वार्थ छ भने बाहिर नेपालका दलाल र अवसरवादीहरू र संशोधनवादीहरूको पनि स्वार्थ छ भन्ने देखिन्छ । सत्य कुराचाहिँ के हो भने नेकपा एकीकृत र मणि थापाको पार्टीीग अलिक अगाडिदेखि एकताको निम्ति छलफल चलिरहेको थियो । हाम्रो पार्टीीे उपाध्यक्ष गौरवको नेतृत्वमा सोनाम, सुमनसहितको वार्ताटोली बनाइएको थियो । त्यो वार्ताटोलीले वार्ता पनि गर्यो र केही नयाँ रिपोर्ट पनि ल्याएको छ । यही विषयलाई लिएर हामीले पार्टी एकता सम्बन्धी भनेर प्रस्ताव थियो । यही विषयलाई बङ्गयाएर बाहिर जसरी प्रचार गरियो, यसले हामीलाई पनि अचम्मित पारेको छ । जहाँसम्म एमाओवादीसँग एकताको प्रश्न छ, अहिले हामीले चाहेको नेपालका सबै क्रान्तिकारी पार्टी आमनेपाली राजनीतिमा रहेका क्रान्तिकारीहरूलाई नेकपा-माओवादीको नेतृत्वमा एकताबद्ध र गोलबद्ध गर्नुपर्छ भन्ने नीतिलाई हामीले दह्रोसँग अगाडि सारेका छौँ ।
जहाँसम्म एमाओवादीसँग एकताको कुरा हो, एमाओवादीले दुइतीनवटा कुरा प्रस्ट पार्नुपर्छ । २०६३ सालदेखियता दश वर्षो जनयुद्धलाई जसरी विघटन गरियो, जसरी नेपाली क्रान्तिलाई बिर्सजन गरियो यो गम्भीर प्रश्न नेपाली कम्युनिस्ट आन्दोलनमा छ । यसको जवाफ एमाओवादीले दिनुपर्छ । अर्को एमाओवादीको हेटौँडा महाधिवेशन नेपाली क्रान्तिकै इतिहासमा बिर्सजन र विचलनताको प्रतिनिधित्व गर्ने पराकाष्ठाको महाधिवेशन थियो । त्यसलाई सच्याउन एमाओवादी तयार भयो भने बल्ल एमाओवादीसँग पार्टी एकताको निम्ति छलफल गर्ने, कुराकानी गर्ने ढोका खुल्छ, अहिले त ढोका नै बन्दछ । हाम्रो पार्टी केन्द्रीय समितिको प्रस्ट धारणा यही हो । जहाँसम्म राष्ट्रिय मुद्दामा कार्यगत एकताको कुरा छ, त्योचाहिँ मिल्ने मुद्दामा हामी कार्यगत एकता गरेर जान सकिने कुरा त पार्टी नीति भित्र कै कुरा भैहाल्यो नि ।
० वर्तमान संकटको निकास निम्ति तपाईंहरूले राजनीतिक सभाको माग अगाडि सार्नु भएको छ, के यो सम्भव छ ?
राजनीतिमा असम्भव भन्ने केही हुँदैन । राष्ट्र र जनताको पक्षमा निकास र जनसंविधान निर्माण सुनिश्चितताको निम्ति संसद्वादी दलहरूको राष्ट्रघात र जनसंविधानविरोधी हर्कतहरू गरेको तथ्यहरू बग्रेल्ती हाम्रो अगाडि हुँदा यो तथ्य अलिक कमजोर भने छ । तर, माओवादी पार्टी माओवादी पार्टी अगाडि सारेको राष्ट्रियता र संविधान निर्माणसम्बन्धी एजेण्डामा सहमत भएका जनतालाई बाईपास गरेर संविधान बनाउँछौँ भनेर अहिलेका संसद्वादी दलहरूले सोचे भने त्यो पनि सम्भव छैन । त्यस कारण अब नयाँ ढङ्गले अगाडि बढ्नुको विकल्प छैन । संसद्वादी दलमा चेतना भए, होइन भने हामी आन्दोलनबाट पनि राष्ट्रिय स्वाधीनताको सुनिश्चितता र नेपाली जनताको संविधानको सुनिश्चितता कायम गरेर नै छाड्छौँ ।
० तर संसद्वादी दलहरू त माओवादीलाई पछारी सक्यौँ अब उठ्न सक्दैन भनिरहेका छन् नि ?
यो त केटाकेटी तर्क भयो । नेपाली राजनीतिको वास्तविकता यो होइन । बरु सही कुरा के हो भने र माओवादीसँग सम्बद्ध सबै जनसंगठनहरू, मोर्चाहरूसहितको एउटा ध्रुवको रूपमा क्रान्तिको ध्रुव खडा भएको छ भने अर्को सबै संसद्वादीहरू, दलालहरू अर्कोतिर ध्रुविकृत भएका छन् ।
० तपाईंहरूले भनेजस्तो दलहरू ध्रुवीकृत हुँदा दुःखत् नेपाली जनताले पाउने भए नि थिचोमिचो त नेपाली जनताले सहनुपर्ने भयो नि होइन र ?
होइन, देशमा यस किसिमका जटिलता खडा गरेर संसद्वादी राष्ट्र र जनतामाथि थिचोमिचो गर्ने मूखता त गर्छन् । तर, जनतालाई भार पार्ने उनीहरूको रणनीतिलाई असफल गरेर बरु मार खानु छ भने दलाल र राष्ट्रघातीहरूले नै खानुपर्छ भन्ने नेपाली आवश्यकता जुन छ, राजनीतिक आवश्यकता जुन छ, त्यसको निम्ति आन्दोलन जरुरी छ । आन्दोलनले जनतालाई मार पर्दैन, आन्दोलनले त प्रतिक्रियावादी, दलालहरू र राष्ट्रघातीहरूलाई मार पर्छ । आन्दोलनबाट त तिनीहरू मात्रै आतंकित हुन्छन् । बरु आन्दोलन भएन भने जनतालाई मार पर्छ र उनीहरूले गर्ने सबै हर्कतहरू जनताले चुपचाप सहनुपर्ने हुन्छ । जब जनताच आन्दोलनमा जान्छ, उनीहरूले गर्ने जनविरोधी हर्कतहरू स्वतः नाङ्गिञ्छन असफल हुन्छन् ।

प्रतिक्रियाहरु