सुनकोसी दोस्रोको डिपिआर थालिदै

२०७० माघ ३ गते, शुक्रबार


काठमाडौं ,३ माघ। सरकारले हालसम्मकै सबैभन्दा ठूलो सुनकोसी दोस्रो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) थाल्ने भएको छ ।
रामेछाप र सोलुखुम्बुको सीमामा आयोजनास्थल रहने सो जलविद्युत् आयोजना निर्माणाधीन आयोजनामध्ये सबैभन्दा ठूलो हो । कुल एक हजार १११ मेगावाट क्षमताको सो आयोजना जलाशययुक्त छ ।
विद्युत् विकास विभागका सूचना अधिकृत गोकर्णराज पन्थका अनुसार डिपिआरका लागि पूर्व तयारीको काम भइरहेको र केही समयभित्रै अन्तर्राष्ट्रिय बोलपत्र आहृवान गरिनेछ । गत मङ्सिर १४ गते सोही आयोजनाको डिपिआर तयार पार्न एसियाली विकास बैंक -एडिबी) ले दुई अर्ब नौ करोड १० लाख रुपैयाँ सहयोग गरिसकेको छ ।१० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्यलाई सार्थक बनाउन सो आयोजनाको काम अगाडि बढाउन लागिएको हो । आयोजनाको लागतको टुंगो अध्ययनपछि गरिने विभागले जनाएको छ ।नदी प्रवाहमा आधारितमात्रै जलविद्युत् आयोजनाहरु निर्माणका क्रममा रहेकाले धेरै आयोजना निर्माण भए पनि विद्युत्भार कटौतीको अवस्थामा उल्लेखनीय सुधार नआउने भएकाले जलाशययुक्त आयोजनाहरु बनाइनुपर्ने माग उठ्दै आएको छ ।हाल सरकारले कुल ६ सय मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको डिपिआरको काम गरिरहेको छ ।- रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु