चौथो नेपाल-भारत व्यापार मेला फागुन १ गतेदेखि

२०७० पुष २५ गते, बिहीबार

काठमाडौं, । चौथो नेपाल-भारत व्यापार मेला आगामी फागुन १ गतेदेखि वीरगन्जमा हुने भएको छ ।वीरगन्ज उद्योग वाणिज्य संघले गरेको पत्रकारसम्मेलमा बुधबार यस्तो जानकारी दिइएको हो । संघका अध्यक्ष अशोककुमार वैद्यले १० दिनसम्म सञ्चालन हुने उक्त मेलामा नेपाललगायत छिमेकी राष्ट्रहरूका लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ताहरूलाई एउटै मञ्चमा मेला गराई उत्पादनहरूको प्रत्यक्ष अवलोकन तथा जानकारी उपलब्ध गराइने बताए ।वीरगन्जले बोकेको प्रचुर आर्थिक सम्भावना तथा बढ्दो आर्थिक क्रियाकलापलाई राष्ट्रिय सञ्जालसँग आबद्ध गराउँदै छिमेकी मुलुकहरूमा समेत यसको महत्व र उपादेयतालाई विश्लेषणात्मक तवरबाट उजागर गर्ने मेलाको उद्देश्य रहेको छ ।
मेलामा विभिन्न औद्योगिक, पर्यटन, कृषि, साना तथा लघु उद्यम, वित्तीय संस्थाहरूलगायतका उत्पादन तथा सेवाहरूको गरी करिब २ सय कक्ष रहने, करिब पाँच लाख सर्वसाधारण तथा व्यापारीले अवलोकन गर्ने तथा करिब २० करोड रुपैयाँ बराबरको कारोवार हुने अनुमान गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु