पेट्रोलियम पदार्थको अभाव हुँदैन

२०७० पुष २३ गते, मंगलवार


काठमाडौं,२३ पुस – खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको सहज आपूर्ति भइरहेकाले अभाव नहुनेमा ढुक्क हुन नेपाल आयल निगमले सबैसँग आग्रह गरेको छ ।अहिले सहज रुपमा ग्यास लगायत पेट्रोलियम पदार्थको आपूर्ति भइरहेकाले भ्रामक हल्लाको पछि लागि आवश्यकता भन्दा धेरै खरिद नगर्न निगमले आग्रह गरेको हो । भाउ बढ्ने र अभाव हुने हल्ला फैलाइएकाले यति बेला धेरै उपभोक्ताले आवश्यकता भन्दा धेरै खरिद गरी ग्यास र पेट्रोलीयम पदार्थको सञ्चय गर्न थालेका छन् ।आवश्यकता भन्दा धेरै खरिद गरी सञ्चय गर्दा बजारमा कृत्रिम अभाव हुन सक्ने भएकाले निगमले आम उपभोक्तालाई सचेत समेत गराएको छ । निगमले ग्यास डिपो र पेट्रोल पम्पहरुलाई ईमान्दारीपूर्वक ग्यास तथा पेट्रोलीयम पदार्थको सहजै बिक्रि गर्न पनि आग्रह गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु