क्यान ईन्फोटेक भोलिदेखि

२०७० पुष १७ गते, बुधबार


काठमाडौं। कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) ले विगत २० बर्षदेखि गर्दै आएको क्यान ईन्फोटेकको २०औं संस्करण भोलि पौष १८ देखि २३ गतेसम्म राजधानीको भृकूटीमण्डपमा गर्ने भएको छ । राजधानीको प्रदर्शनीस्थल भृकूटीमण्डप हुने हुने यस प्रदर्शनकीको तयारीका बारेमा क्यानले बिहिबार एक पत्रकार सम्मेलन गरि यस सम्बन्धमा जानकारी गराएको छ।यस पटकको क्यान ईन्फोटेकको टाईटल सुबिसु केबलनेट प्रा.लि. रहेको छ । त्यस्तै प्लाटिनम स्पोन्सर डेल बाई नियोटेरिक नेपाल, डायमण्ड स्पोन्सर सामसुङ्ग स्मार्ट फोन, गोल्ड स्पोन्सरहरु कलर्स मोबाईल र डेल एण्ड एप्पल बाई जेनेरेशन नेक्स्ट र सिल्भर स्पोन्सरहरु एस् पावर वि.पि.ई. र माया एनिमेशन एकेडेमी रहेको क्यानले जनाएको छ ।
क्यान इन्फोटेकमा अफिसियल मिडियाहरुमा नेपाली राष्ट्रिय दैनिक–कान्तिपुर र अंग्रजी राष्ट्रिय दैनिक द काठमाण्डु पोष्ट रहेका छन ।यस प्रदर्शनीलाइ विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, राष्ट्रिय सूचना प्रविधि केन्द्र, सूचना प्रविधि विभाग, नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श जस्ता राष्ट्रिय तथा ASOCIO र WITSA जस्ता अन्तराष्ट्रिय संस्थाहरुले सहयोग पुर्‍याएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। सुबिसु क्यान ईन्फोटेक २०१४ का अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क रु १०० र विद्यार्थीहरुलाई रु ५० तोकिएको छ ।२०७० पौष २१ गते लाई ‘विजनेश डे’ को रुपमा घोषणा गरिएको छ । उक्त दिनको प्रवेश शुल्क रु १०० तोकिएको कुरा जनाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार