छाला जुत्ता चप्पल प्रदर्शनी सुरु

२०७० पुष १० गते, बुधबार

काठमाडौ, १० पुस ।‘नेपाली ब्राण्डको प्रयोग नै स्वदेशी उद्योगको सम्मान’ भन्ने नाराका साथ काठमाडौको राष्ट्रिय सभागृहमा छाला वस्तु तथा जुत्ता चप्पलको दशौं औद्योगिक प्रदर्शनी सुरु भएको छ । स्वदेशी उत्पादनका बारेमा उपभोक्तालाई स्थलगत अवलोकन गराई स्वदेशी उत्पादनलाई बढवा दिन प्रदर्शनी आयोजना गरिएको संघका अध्यक्ष होमनाथ उपाध्यायले बताए ।
प्रवेश निःशुल्क रहेको प्रदर्शनीमा ७५ भन्दा बढी उद्योगका ९५ भन्दा धेरै स्टल राखिने र जुत्ता चप्पलमा १५ प्रतिशत सम्म छुट दिइने उहाँले बताउनुभयो । ७ दिनसम्म चल्ने प्रदर्शनीको २ लाखले अवलोकन गर्ने आयोजकको अनुमान छ । विहान १० बजेदेखि बेलुकी ६ बजेसम्म प्रदर्शनीको अवलोकन गर्न सकिने छ ।
यस्तै स्वदेशमा उत्पादित वस्तुलाई थप गुणस्तरीय बनाउन सामूहिक व्यापार चिन्ह प्रयोगमा ल्याइएको छ । स्वदेशी जुत्ता चप्पल खरिद गर्दा लोगो हेरेर मात्र खरिद गर्न व्यवसायीले आग्रह गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु