भारु पाँच सय र हजारको नोट चल्ने

२०७० पुष ९ गते, मंगलवार


काठमाडौं, ९ पुस । नेपालमा प्रतिबन्ध लगाइएको भारतीय पाँचसय र एक हजार रुपैयाँ दरको नोट अबदेखि चल्ने भएको छ ।आइतबार सम्पन्न नेपाल-भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समिति (आइजिसी) बैठकले १३ वर्षदेखि प्रतिबन्ध लगाइएको भारतीय पाँचसय र एक हजार रुपैयाँ दरको नोट अबदेखि चलाउने सहमति भएको हो । प्रतिव्यक्ति २५ हजार रुपैयाँमात्र नेपाल ल्याउन पाइने सीमा भने तोकिएको छ ।‘पाँच सय र हजारका भारु नोट निश्चित सीमासम्म नेपालमा निर्वाध चलाउन दुवै पक्षबीच सहमति भएको छ,’ वाणिज्य मन्त्रालयका सहसचिव जीवराज कोइरालाले भने, ‘भारु चलाउने संयन्त्रका लागि दुवै पक्षको सीमामा सटही काउन्टर राखिनेछ ।’नेपालमा २०५७ सालदेखि यी दुई ठूला दरका भारु नोट चलाउन प्रतिवन्ध लगाइएको नागरिक दैनिकमा खबर छ । भारतमा सन् २००० मा फोरेन एक्सचेन्ज मेनेजमेन्ट ऐन आएपछि नेपालमा ठूला दरका भारु चल्न छाडेको थियो ।ऐन आउँदा भारतमा हजारका नोट चलनचल्तीमा थिएन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार