संविधानसभा विघटनको विकल्प छैन – खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, पोलिटब्युरो सदस्य, नेकपा-माओवादी

२०७० पुष ६ गते, शनिबार


० पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठक सकिएको छ, के-कस्तो निर्णयहरु गर्नुभयो ?
हाम्रो पार्टीले आफ्नै जीवन, कथित संविधानसभापछिको विकसित नयाँ राजनीतिक घटनाक्रम, पार्टीको आन्तरिक जीवनका दृष्टिबाट हाम्रो पार्टीको केन्द्रीय समितिको बैठक ऐतिहासिक रहृयो, भव्य भयो, नयाँ नीति र कार्यक्रम बनाउन सफल भयो । पार्टीलाइ एकताबद्ध बनाएर अगाडि बढाउन सफल भयो ।
० तपाईंहरूले विरोध गर्दागर्दै निर्वाचन सम्पन्न भयो, यस विषयमा पार्टीले कस्तो समीक्षा गर्यो र कसरी अगाडि बढ्ने निर्ण्र् गर्यो ?
यो कथित संविधानसभाको निर्वाचन भन्ने एउटा नौटंकी रचियो, यो आफैँमा स्वाधीनताका विरुद्धमा थोपरेको प्रतिक्रान्ति थियो । थोपरेको राष्ट्रघात र प्रतिक्रियावादी हस्तक्षेप थियो र त्यसका विरुद्धमा नेकपा-माओवादी नेपालका मजदुर, किसान, श्रमजीवी जनताको पार्टीले जनताको नीति कार्यक्रमको रूपमा बहिष्कारको जुन नीति अख्तियार गर्यो, बहिष्कारको आन्दोलन अगाडि सार्यो, आफैँमा यो जनताको राजनीतिक स्वतन्त्रताको दृष्टिले जनताको स्वनिर्णयको दृष्टिले र यो देशको राष्ट्रिय क्रान्तिकारी नीति थियो भन्ने कुराको पुष्टि भइसकेको छ । चुनाव र चुनावपछि देखापरेको परिणाम र त्यसले पैदा गरेको राष्ट्रिय स्थितिले नै यसलाई प्रमाणित गरिसकेको छ । जहाँसम्म चुनाव त भयो भन्ने कुरामा यिनीहरूले जुन नाटक प्रदर्सन गर्नु थियो, त्यो नाटक प्रदर्सन गरे, सायद यो नाटक, यो देशका दलाल र उनका मालिकहरूको निम्ति हाम्रो बहिष्कार आन्दोलनपछिका घटनाक्रम र परिणामले चर्को मूल्यको हुनेछ भन्ने कुरा पनि स्थापित भएको छ । यस कारण चुनावपछि आमनेपाली जनतामा नेपालको कम्युनिस्ट आन्दोलन र नेपाली क्रान्तिको नेतृत्व गर्ने पार्टीीेकपा-माओवादी नै भन्ने स्थापित भएको छ । नेकपा-माओवादी नै नेपालमा क्रान्तिकारी ध्रुवको रूपमा र्सवहारा ध्रुवको रूपमा स्थापित भएको छ । राजनीतिकरूपमा नेपालको क्रान्ति र परिवर्तनको प्रक्रियालाई गुणात्मकरूपमा अगाडि बढाउनको निम्ति बहिष्कारको आन्दोलनले र हाम्रो पार्टीी अख्तियार गरेको नीतिले गुणात्मकरूपले नयाँ आधारहरू खडा गरेको छ ।
० तपाईंहरूले यस संविधानसभाको विघटनको माग गर्नुभएको छ, के यो सम्भव छ ?
यो संविधानसभा विघटनको विकल्प छैन । किनकि यो संविधानसभा राष्ट्रघात र जनघात हो, यसले राष्ट्रघात र जनताको जीवनमा विपत्ति आउँछ । देश र जनताको जीवन संकटमा पर्छ । राष्ट्र र जनता धराशयी हुने खतरा पैदा हुन्छ । यो चुनाव देश र जनताको इच्छा र आवश्यकतामा भएको होइन । नेपालका र्सवहारा पार्टी जसरी अगाडि बढे, परिवर्तनको प्रक्रिया जसरी अगाडि बढ्यो, त्यसको नेतृत्व जसरी नेकपा-माओवादीले गर्यो, योबाट आतंकित भएका दुनियाँका साम्राज्यवादीहरू र तिनीहरूले नेपाली क्रान्तिलाई र हाम्रो पार्टीको पहलकद्मीलाई निस्तेज पार्नको लागि ल्याएको विष्मयकारी चुनाव भएकोले, विष्मयकारी संविधानसभा भएकोले यसको खारेज रातारात नेपाली जनताले गर्नेछन् ।
० यसो भए तपाईंहरू जनव्रि्रोह वा जनयुद्धमा जान खोज्दै हुनुहुन्छ हो ?
हाम्रो पार्टीले अहिलेको आधिकारिक कार्यदिशा जनयुद्धको जगमा जनव्रि्रोह नै हो । पछिल्लो चरणको केन्द्रीय समितिको बैठकमा हामीले सात दिनसम्म बहस पनि गर्यौँ । हाम्रो पार्टीको बहिष्कार आन्दोलन पछिको राजनीतिक स्थिति जसरी नयाँ ढङ्गले विकसित भएर गएको छ, यो समेतलाई दृष्टिगत गरेर राष्ट्रिय, अन्तर्रााट्रय घटनाक्रमलाई समेत दृष्टिगत गरेर हेर्दा हाम्रो आफ्नै कार्यदिशालाई अझ विकास गर्नुपर्ने, समृद्ध गर्नुपर्ने, अझ उन्नत गर्नुपर्ने भयो भन्ने बैठकको निष्कर्षहो । तर, अहिलेको हाम्रो कार्यदिशा भनेको जनयुद्धको जगमा जनव्रि्रोह नै हो । त्यसैले यही कार्यदिशालाई केन्द्रमा राखेर तत्कालीन कार्यनीति तयार गरेका छौँ । यो कार्यनीति भनेको कथित संविधानसभाको विघटन, अधिकार सम्पन्न र र्सवपक्षीय सहभागिता भएको राजनीति सभा -जुन सभाले नेपालको राजनीतिक संकटकलाई र संवैधानिक संकटलाई हल गर्छ) को आयोजना, जनसंविधानको निर्माण, राष्ट्रिय स्वाधीनताको ग्यारेन्टी र त्यसको निम्ति राष्ट्रिय सरकारको नीति अगाडि सारेका छौँ । यो नीतिमा उहाँहरू आउन तयार हुनु भयो भने हामी सहमत छौँ, होइन नेकपा-माओवादीलाई अटेर गरेर आफ्नो हैकम लागू गर्र्छौं भन्ने यिनी र यिनका मालिकहरूले सोचेका छन् भने माओवादी पार्टी आमजनतासँग परामर्श गरेर र आमजनताको साथ लिएर शक्तिशाली आन्दोलनमा जान्छ ।
० माओवादी पार्टीलाई संविधानसभामा समेट्नुपर्छ भनेर देशी, विदेशी शक्तिहरू लागेको प्रचारमा आएको छ र तपाईंहरूलाई पनि दबाब दिन थालिएको चर्चामा आएको छ, वास्तविकता के हो ?
संविधानसभाको चुनाव र त्यसपछि हाम्रो पार्टी देश र जनतामा जुन प्रभाव पार्न सफल भएको छ, त्यसबाट आत्तिएर देशी, विदेशी प्रतिक्रियावादीहरूले हाम्रो पार्टीको विरुद्धमा षड्यन्त्रको रूपमा गरेको अभिव्यक्ति हो, त्यो । माओवादी पार्टी यो संविधानसभा राष्ट्रघाती छ, जनघाती छ, जनसंविधानविरोधी छ, यो संविधानसभा नाटक मात्र हो भन्ने धारणा अगाडि सारेपछि राजनीतिक दृष्टिले त्यसमा समावेश हुने कहाँनेर राजनीतिक दृष्टिले सम्भव छ ? त्यसकारण यो हाम्रो विरुद्ध षड्यन्त्र हो । अर्को कुरा माओवादी पार्टीलाई नजरअन्दाज गर्ने जुन खेल खेले त्यसले जनतामा ठूलो आक्रोश पैदा गराएको छ । जनताको धारणा छ, माओवादी पार्टीलाई अलग गर्नु हुँदैन भन्ने सायद यसैबाट आतंकित भएर जनतामा भ्रम सिर्जना गर्नको निम्ति देशी, विदेशी प्रतिक्रियावादीहरूले यो कुरा अगाडि सारेका हुन् भन्ने कम्युनिस्ट क्रान्तिकारीभित्र हुने अवसरवादी र संशोधनवादीहरू जो छन्, कुरा क्रान्तिको गर्ने, क्रान्तिकारी पार्टीीन्ने राजनीतिचाहिँ सुधारवादी गर्नेहरूको अभिव्यक्ति हो, त्यो । प्रतिक्रान्तिकारी र अवसरवादीहरूको यो हौवाको कुनै अर्थ, औचित्य र सम्भाव्यता छैन ।
० तर तपाईंहरूले पनि निर्णायक आन्दोलन त घोषणा गर्न सक्नुभएको छैन नि किन ?
हाम्रो केन्द्रीय समितिको बैठक अहिले एक सातासम्म चल्यो । झन्डै यसले मिनिमहाधिवेशनकै रूपमा लियो । बहस उच्चतहमा भएको छ । हामीले अहिलेसम्मको कार्यहरूको गम्भीर समीक्षा गरेका छौँ । अब पार्टी नेपाली जनताले चाहेजस्तै शक्तिशाली आन्दोलनको घोषणा गरोस् भन्ने चाहिरहेका छन् । अब माओवादी पार्टी बाहेक विकल्प रहेन भन्ने जुन जनअपेक्षा छ, यो जनअपेक्षा र राष्ट्रिय आवश्यकतालाई पूरा गर्नको निम्ति पार्टीलाई पनि शुद्धिकरण गर्नुपर्छ । हाम्रो पार्टीभीत्र पनि प्रचण्डका पार्टीभीत्रका जस्ता खराबीका अवशेषहरू छन्, त्यसलाई शुद्धिकरण गरेर जानुपर्छ र आगामी शक्तिशाली आन्दोलनको निम्ति पार्टीलाई पूराका पूरा रूपमा तयारी गर्नुपर्छ, जनतालाई तयार गर्नुपर्छ भन्ने नीति पार्टी अख्तियार गरेको छ । निश्चितरूपमा पार्टी यसप्रति प्रतिबद्ध छ र पार्टी अगाडि बढ्छ, यसमा ढुक्क भए हुन्छ ।
० अन्त्यमा यो देशमा क्रान्ति हुन्छ, राष्ट्रिय स्वाधीनता र जनसंविधान बन्छ भनेर जनतालाई कसरी आश्वस्त तुल्याउनुहुन्छ ?
हाम्रो विगतको कार्यले नेपाली जनताले हामीलाई बुझेका छन्, माओवादीले क्रान्ति सम्पन्न गर्छ भनेर । दोस्रो कुरा पार्टी अगाडि सार्ने राष्ट्रको हितमा, जनताको हित सुनिश्चित गर्ने नीतिको आधारमा हो, विश्वास दिलाउने र त्यसलाई कार्यान्वयनमा लैजाने हो । जनता र राष्ट्रको पक्षमा व्यवहारिकरूपमा हामी लडेका छौँ । विगतको घटनाक्रम र पार्टी व्यवहारबाट जनताले हाम्रो मूल्यांकन गरेका छन् । अब पनि हामी सही क्रान्तिकारी नीति अगाडि सारेर जनताले व्यवहारमै देख्ने गरी हामी जनताको हितमा, जनताको पक्षमा टेबलबाट निकास खोज्ने प्रयास गछौ, भएन भने सडकबाट संर्घष् गरेर भए पनि निकास निकाल्छौँ । हामी यो व्यवहारमा उतारेर नै पुष्टि गर्र्छौं ।

प्रतिक्रियाहरु