राजधानीका अधिकास पुल उच्च जोखिममा

२०७० पुष ४ गते, बिहीबार


काठमाडौं—राजधानीका करिब एक दर्जन पुलहरु अति नै जोखिमपूर्ण रहेको तथ्य फेला परेको छ । एक अध्ययनपछि तयार प्रतिवेदनमा राजधानीका अधिकास पुलको बीचमै ठुल – ठूलो प्वाल परेका भेटिएको छ भने कतिपयमा कालोपत्रे समेत उप्किसकेकोफेला परेको छ। दैनिक साढे २ लाखवटा सवारी साधन गुड्ने चक्रपथ सडकको बल्खुखण्डमा पर्ने पुलको दुरावस्था पनि त्यस्तै छ , जसको जगसमेत कमजोर भइसकेको छर कुनै पनि बेला ठुलो दुर्घटना निम्त्याउने पक्का देखिन्छा । यसैगरी थापाथली र कोपुन्डोल जोड्ने बागमती नदीमाथिको पुलको बिम लच्किएको छ भने बेयरिङ फुटेको छ । पुलको अवस्था जोखिमपूर्ण भए पनि यसको बाटो भएर दैनिक डेढ लाखवटासम्म सवारी गुड्ने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।बल्खु र थापाथलीको मात्र होइन राजधानीका अधिकांश पुलको अवस्था निकै जोखमपूर्ण रहेको सडक विभागले नै गरेको एक अध्ययनले देखाएको छ । प्राविधिक खटाएर पोहोर गरिएको एक अध्ययनले दैनिक लाखौं सवारी आवतजावत गर्ने राजधानीका ८ वटा पुल अति नै जोखिमपूर्ण रहेको फेला पारेको हो ।अध्ययनपछि तयार प्रतिवेदनअनुसार बल्खु र थापाथलीको सहित चक्रपथ खण्डमा पर्ने गोंगबुस्थित विष्णुमतीको, चाबहिलस्थित धोबिखोलाको, तिलगंगास्थित वागमती नदीको, बालकुमारीस्थित बागमती नदीको, तीनकुनेस्थित वागमती नदीको र टेकु कालिमाटीस्थित विष्णुमती नदीमाथिको पुल निकै जोखिमपूर्ण छ । दैनिक चल्ने लाखौं सवारीको अत्यधिक भारका कारण जोखिममा रहेका यी पुलको मर्मत तुरुन्त नगर्ने हो भने जतिबेला पनि पुल भत्किन सक्ने खतरा अध्ययनले औंल्याएको छ ।
विज्ञहरुका अनुसार राजधानीमा भएका पुलको भारवहन Ôमता निर्माणको समयमा ५० देखि ८० टनसम्म थियो । ३०–४० वर्È पुरानो भइसकेपछि Ôमता आधाजसो घट्छ । त्यसैले अहिले यी पुलको Ôमता ३० देखि ४० टनमात्र रहेको अनुमान छ । तर, जाम हुँदा पुलको एक छेउबाट अर्को छेउसम्म गाडी रोकिएका बेला ६० देखि ८० टनसम्म भार पर्ने प्राविधिकहरुको अनुमान छ । ‘यस्तो अवस्था लामो समयसम्म रहने हो भने जोखिममा रहेका पुल जतिबेला पनि ढल्न सक्छन्,’ अध्ययनमा सहभागी एक प्राविधिकले बताए ।
ती प्राविधिकका अनुसार यस्ता पुलमा व्यस्त बेला सवारीको चाप बढी हुने भएकाले बढी जोखिम पनि त्यही समयमा हुन्छ । यातायात व्यवस्था विभागका अनुसार मोटरसाइकल एक सय १० किलोदेखि दुई सय ५० किलो हुन्छ भने ट्याक्सी पा”च सय किलो हुन्छ । त्यस्तै ठूला भ्यान एक हजारदेखि एक हजार पा”च सय किलो र मिनीबस एक हजार पा”च सयदेखि दुई हजार किलो हुन्छ । ट्राफिक प्रहरीको तथ्यांकलाई आधार मान्दा पुलले जाम भएका बेला यात्रुसहित ८० टनभन्दा बढीको भार थेगिरहेको हुन्छ ।अध्ययनले पुलमुनिबाट लुकीछिपी बालुवा, ढुंगा निकालिनु र समयसमयमा मर्मत नगरिनुलाई पुल जोखिम बन्नुको कारण मानेको छ । ‘पुलमुनिबाटै बालुवा निकाल्ने क्रम नरोकिँदा नदीको बहावले जग खोसिँ्रदै लगिरहेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘जसका कारण ती नदीमाथिका पुल कुनै पनि बेला ढल्न सक्ने खतरा बढेको छ ।’ विज्ञहरुका अनुसार सामान्यतः पुलको आयु ५० वर्Èभन्दा माथि हुन्छ ।विभागको पुल आयोजनाका प्रमुख उमेश झाले प्रतिवेदनमा पुलको दयनीय अवस्था देखिएलगत्तै पहिलो चरणमा तत्काल मर्मत गर्नुपर्ने अवस्थाका पाँचवटाका लागि बजेट विनियोजन गरेको बताए । उनका अनुसार ती पाँचमध्ये पनि बल्खु पुलको मर्मतको काम भने चीन सरकारले निर्माण गर्न लागेको चक्रपथ विस्तार आयोजनाको जिम्मामा पुगेको छ । उक्त पुलबाहेक चालु आर्थिक वर्षभित्रै विभागले तिलगंगा, तीनकुने, गोंगबु र टेकु–कालिमाटीको पुल मर्मत गर्ने झाले जानकारी दिए ।

‘यति नै जोखिममा रहेका यी पुलको धेरै संरचना मर्मत गर्नुपर्ने छ,’ उनले भने, ‘मर्मतका लागि ठेक्कासमेत लागीसकेको छ ।’ उनका अनुसार चारवटा पुल मर्मतका लागि विभागले सात करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मर्मतका क्रममा पुलको बाहिरी भागमात्र नभई नदीको क्षेत्र, नदीदेखि तल बनाइएका संरचना, पानीको बहाव नियन्त्रण लगायत काम गर्नुपर्ने हुन्छ ।जोखिममा रहेको पुलमध्ये चक्रपथ खण्डको पुल चालीस वर्ष अगाडि चीन सरकारले चक्रपथ निर्माण गर्दा बनाएको हो । थापाथलीबाट कुपन्डोल जाने पुल भारतले बनाइदिएको हो भने कुपन्डोलबाट थापाथली आउने पुल जापानले । जापानले सन् १९९५ मा उक्त पुल बनाउ”दा कुपन्डोल जाने पुलमुनि ‘चेक ड्याम’ निर्माण गरिदिएकाले त्यसको जग जोगिएको विशेÈज्ञ बताउँछन् । ड्यामका कारण तत्काल भत्किने खतरा नरहे पनि तुरुन्त मर्मत गर्नुपर्ने अवस्था रहेको पुलको अध्ययनमा संलग्न एक विशेÈज्ञले बताए ।
टेकुस्थित विष्णुमती पुल करिब ३० वर्षअघि बनेको हो । उक्त पुलको जग बिग्रिसकेको छ । फलामे रडहरुमा खिया लागेको छ । ठाउँठाउँमा पुल भत्किएको छ भने माथिको सतहमा समेत समस्या देखिएको छ । अति जोखिमपूर्ण सूचीमा रहेको उक्त पुल छिट्टै बिग्रनुमा विष्णुमती नदीकोे बहाव सा”घुरिँदै जानुलाई बताइएको छ । नदीको दुवैतिर सडक बनेपछि बहाव सा”घुरिँदा पुलको अवस्था जोखिमपूणै रहेको प्रतिवेदनमा उल्लेख छ ।झाका अनुसार हाल मर्मत गरिने भनिएका पुललाई सवारी साधनको आवतजावत र जनघनत्वका हिसाबले प्राथमिकतामा राखिएको हो । उनले राजधानीसहित देशका अरु ठाउँका पुलको मर्मतलाई समेत विस्तारै अगाडि बढाइने बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु