लोडसेडिङ बढ्यो, अबदेखि दैनिक ९ घन्टा बत्ती जाने

२०७० पुष १ गते, सोमबार


काठमाडौं,१ पुस । नेपाल विद्युत प्राधिकरणले भोलि मंगलबारदेखि लागू हुने गरी लोडसेडिङको समय बढाएको छ । प्राधिकरणलले दैनिक ३ घन्टा लोडसेडिङ बढाएर दैनिक ९ घन्टा पुर्‍याएको छ । मंगलबारदेखि दैनिक तीन पटक लोडसेडिङ हुनेछ । हप्तामा एक दिन भने बिहान र बेलुका गरी दुईपटकमात्र लोडसेडिङ हुनेछ ।
नदीमा जलस्थर घट्न थालेपछि विद्युत उत्पादन घटेको भन्दै प्राधिकरणले सातामा ६३ घन्टा लोडसेडिङ गर्ने तय गरेको हो । मागको साढे ४ सय मेगावाट विद्युत् आपूर्ति अपुग भएपछि लोडसेडिङ बढाएको प्राधिकरण प्रणाली सञ्चालन विभागका प्रवन्धक भुवनकुमार क्षेत्रीले बताए ।गत वर्ष भने मंसिरको पहिलो साता १२ घन्टासम्म लोडसेडिङ भएको थियो ।
लोडसेडिङको नयाँ तालिका हेर्नुहोस्

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु