मण्डेलाको अन्तिम संस्कार गरिदै

२०७० मंसिर ३० गते, आईतवार


काठमाडौं, ३० मंसिर । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको अन्तिम संस्कार राजकीय सम्मानका साथ आज गरिँदैछ ।उनको पुख्र्यौली गाउँ क्युनुमा अन्त्येष्टी गर्न लागिएको हो । अन्तिम संस्कारका लागि उनको पार्थिव शरीर हिजै प्रिटोरियाबाट क्युनु पुर्‍याइएको छ ।जिएमटी समयअनुसार बिहानको ६ बजे अत्येष्टी कार्यक्रम सुरु गरिने छ । उनको अन्तिम संस्कारमा विभिन्न विदेशी नेताहरुसहित करिब ४ लाख ५ सय मानिसहरुको उपस्थिती रहने अनुमान गरिएको छ ।थेम्बु समुदायको संस्कारअनुसार गरिने अन्त्येष्टिमा मण्डेलाको जीवन तथा योगदानका बारेमा गीत गाइनुका साथै कविता वाचन गरिनेछ ।मण्डेलाको डिसेम्बर ५ तारेखका दिन ९५ वर्षको उमेरमा निधन भएको थियो । निधनपछि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि हिजोसम्म प्रिटोरियामा राखिएको थियो ।

प्रतिक्रियाहरु