माओवादीको बैठक सकियो , भोलि पत्रकार सम्मेलन

२०७० मंसिर ३० गते, आईतवार


काठमाडौं,३० मंसिर – गतआइतबारदेखि ललितपुरको कुपण्डोलमा बसेको नेकपा-माओवादी केन्द्रीय समितिको बैठक हिजो सकिएको छ ।केन्द्रीय सदस्यहरुको जवाफ दिदै अध्यक्ष मोहन बैद्य किरणले अब पार्टीलाई नयाँ ढंगले अगाडी बढाउनुपर्ने आवश्यकता रहेको भन्दै त्यसका लागि तयार रहन आग्रह गरेको बताइएको छ । आफू दक्षिणपन्थी कुनै हालतमा नहुने भन्दै अध्यक्ष किरणले बरु आफू नेतृत्व छोडेर जनवादी केन्द्रीयता मानेर बस्न तयार रहेको भन्दै पार्टीलाई क्रान्तिकारी धारमा बढाउनुपर्नेमा जोड दिएको बताइएको छ ।बैठकले एकीकृत माओवादीसँग एकताको कुनै सम्भावना नभएको भन्दै बरु क्रान्तिकारी नेता कार्यकर्तालाई भित्राउन जोड गर्ने निर्णय नेकपा–माओवादीले गरेको छ ।
माओवादीले ४ चरणको कार्यक्रम तय गर्दै पुसदेखि फागुनसम्म पार्टीका विभिन्न तहका भेला, सम्मेलन र बैचारिक प्रशिक्षण लगायतका कार्यक्रम गर्ने, चैतदेखि जेठसम्म जनजीविका र जनतन्त्रसंग सम्बन्धित संघर्षका कार्यक्रम गर्ने, असारदेखि असोजसम्म जनवर्गीय संगठनका विभिन्न तहका भेला र सम्मेलन गर्ने तथा असोजपछि संविधान जारी हुनसक्ने भएकाले त्यसै अनुसार संघर्षका कार्यक्रम तय गर्ने निर्णय गरेको बताइएको छ ।
माओवादीले बैठकको निर्णय सार्बजनिक गर्न भोलि पुस १ गते १ बजे कुपण्डोलको नेवा राज्य कार्यालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रियाहरु