महिला हिंसा विरुद्धको १६ दिने अभियान आज सकिँदै

२०७० मंसिर २५ गते, मंगलवार


काठमाडौं, २५ मंसिर – महिला माथि हुने हिंसा विरुद्ध सुरु गरिएको १६ दिने अभियान मंगलबार सकिँदैछ ।घर शान्ति नै विश्व शान्तिको आधार हो, महिला हिंसा विरुद्ध शून्य सहिष्णुता कायम गरौं नाराका साथ नोभेम्बर २५ तारिखदेखि सुरु गरिएको अभियान अन्तर्गत १६ दिन भरि नै विभिन्न जनचेतनामूलक कार्यक्रम गरिएका छन् ।सरकारी र गैरसरकारी क्षेत्रले हरेक वर्ष विभिन्न कार्यक्रम गरेपनि लैंगिक हिंसा रोकिन सकेको छैन । अभियानकै क्रममा पनि महिलामाथि विभिन्न खाले हिंसाका घटनाहरु सार्वजनिक भएका छन् । द्रुत न्यायप्रणाली, सुरक्षा संयन्त्रको विकास र विस्तार नहुँदा पीडितलाई न्याय र पीडकलाई सजायँ हुने अवस्था अझै पनि सिर्जना हुन नसकेको अधिकारकर्मीहरुले बताउँदै आएका छन् ।
हिंसा पीडितको संरक्षण र सुरक्षाको भरपर्दो व्यवस्था र पीडकलाई कडा कारबाही हुने व्यवस्था राज्यले गर्न नसक्दा महिलाहरु हिंसा सहन बाध्य भएको भन्दै उनीहरुले तत्काल फास्ट ट्रयाक कोर्टको गठन हुनुपर्ने माग गरेका छन् ।
संयुक्त राष्ट्रसंघले पनि नेपालमा महिला तथा बालिका विरुद्ध हुने हिंसा व्याप्त रहेको र यस्ता घटना दण्डहीनताका साथ हुने गरेको उल्लेख गरेको छ ।
हिंसाका घटनामा दण्डहीनताको अन्त्य गर्न कानून कडाईका साथ लागू गर्ने, बलात्कार सम्बन्धि कानूनको पूनरावलोकन, निशुल्क कानूनी सहायता र विशेष सेवा प्रदान गरेर महिला र बालिकाहरुको न्यायमा पहुँच बढाउने कुरा सुनिश्चित गर्न अधिकारकर्मीले माग गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार