निर्देशक रेग्मीको निधन

२०७० मंसिर २४ गते, सोमबार


काठमाडौं, २४ मंसिर । वरिष्ठ चलचित्र निर्देशक शिव रेग्मीको ४९ वर्षको उमेरमा आज बिहान काठमाडौको बयोधा अस्पतालमा निधन भएको छ ।लामो समयदेखि मृगौलासम्बन्धी रोगबाट पीडित रेग्मीको उपचारकै क्रममा निधन भएको हो । उनलाई श्रद्धाञ्जली दिन चलचित्रकर्मी, कलाकार र आफन्तहरु अस्पताल पुगेका थिए ।रेग्मीले निर्देशन गरेका सुखःदुख, आफ्नो मान्छे, आफन्त, हामी तीन भाई, ए मेरो हजुर, उपहार, कहाँ भेटिएला लगायतका चलचित्र सफल मानिन्छ । उनकाे पार्थिव शरीर अन्तिम संस्कारका लागि गृहिजल्ला चितवन लाने पिरवारजनले जनाएका छन् ।
बिक्रम संवत २०२१ सालमा चितवनमा जन्मिएका रेग्मी चलचित्र निर्देशनदेखि गीत र स्क्रिप्ट लेखनमा पनि उत्तिकै दखल राख्थे ।प्रेमपूजाबाट लेखन यात्रा थालेका रेग्मीको पहिलो निर्देशित चलचित्र आफन्त हो । रेग्मीले निर्देशन गरेका पराई र मनले मनलाई छुन्छ नामक चलचित्र रिलिज हुन बाँकी छ ।

प्रतिक्रियाहरु