महानगरभित्र पार्किङ निःशुल्क

२०७० मंसिर १९ गते, बुधबार


काठमाडौ, १९ मंसिर ।काठमाडौं महानगरपालिकाले आगामी पुस १ गतेदेखि महानगरभित्र पार्किङ निःशुल्क बनाउने भएको छ ।यो निर्णयसँगै नयाँबानेश्वर, प्युखा, खिचापोखरी, पिपलबोट, न्युरोड, कालीमाटी, चावहिल, महाराजगञ्ज र कमलादी क्षेत्रमा पार्किङको शुल्क तिर्नु पर्दैन । शुक्रबार बसेको बोर्ड बैठकले अर्को व्यवस्था नभएसम्मका लागि यस्तो निर्णय गरेको महानगरका कार्यकारी अधिकृत लक्ष्मण अर्यालले जानकारी दिए।स्थानीय स्वायत शासन ऐन ०५५ र नियमावली ०५६ का प्रावधानअनुरुप महानगरले पार्किङ शुल्क लिइ व्यवस्थापन गर्दै आएको थियो । सशुल्क पार्किङ गर्ने व्यवस्था असार मसान्तमै सकिएकाले अहिले निःशुल्क बनाइएको अर्यालले बताए ।महानगरले सवारी पार्किङ अनुगमन तथा व्यवस्थापन कार्यदलसमेत गठन गरेको छ।अल्पकालीन निःशुल्क पार्किङ व्यवस्थापनका लागि प्रारम्भ विन्दु र अन्तिममा बिन्दुमा सूचनापाटी राखिने छ । पार्किङका लागि निश्चित क्षेत्रमा रेखाचिन्ह र सूचनापार्टी पनि राखिने छ । उक्त रेखा बाहिर पार्किङ गरेर राखिएको पाइएमा एक हजार रुपैयाँ जरिवाना गर्ने अर्यालले जानकारी दिए।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ४ दशमलव ७८ अंकले वृद्धि

२०८० चैत्र १५ गते, बिहीबार

२३ कम्पनी कालोसूचीमा

२०८० चैत्र १४ गते, बुधबार

नेप्से १० दशमलव १४ अंकले वृद्धि

२०८० चैत्र १३ गते, मंगलवार